उपत्यकामा घुम्नलायक टौदहको रमणीय जलाशय [ फोटोफिचर ]
कुसुम सेञ्चुरी
चैत २१, २०७७ शनिबार १५:२:२३
२१ चैत, काठमाडौं । काठमाडौंको चोभारमा अवस्थित टौदह कीर्तिपुर नगरपालिका–६ मा पर्दछ । काठमाडौबाट ६ किलोमिटरको दुरीमा अवस्थित रहेको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक दृष्टिले महत्वपूर्ण टौदह उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो।
प्राचीनकालमा मञ्जुश्रीले चोभारको डाँडा काटेर मानव बस्ती बसाएपछि नागराजा एवं रानी अन्यत्र गए उपत्यकामा अनावृष्टि हुन्छ भनी टौदहमा राखेको जनश्रुति पाइन्छ । ५ सय मिटर लम्बाई र ४ सय मिटर चौडाइ क्षेत्रफलमा फैलिएको यो पोखरीको गहिराई सुख्खायाममा ६ मिटर रहेको छ । टौदहले ‘बुगद्यो’ रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको किम्बदन्तीसँग प्रत्यक्ष सम्बन्ध राख्दछ भने नाग पञ्चमीको दिन मेला लाग्दछ ।
म लकडाउन खुलेको केही महिना र समयको अन्तरालमा शनिबारकाे दिन पारेर टौदह पुगे । म पुग्दा जाडो सकिनै लागेको थियो सायद यहि भएर होला जतिबेला साइबेरिया र अन्तबाट उडेर आउने चराहरू प्रशस्त हुन्छन् । म पुग्दा त त्यहीँका केही स्थानीय हाँस मात्रै दहमा पौडिरहेका थिए।
चल्तीको किम्बदन्ती मञ्जुश्री र कर्कोटक नागराजको हो। मञ्जुश्रीले पानी नै पानीले भरिएको डाँडा काटेर काठमाडौं उपत्यका बनाएछन्।
त्यसो हुँदा नागराज र जलचरहरू छटपटाए । मञ्जुश्रीले दह बनाएर त्यहीँ राखिदिए। त्यही दहको पिँधमा नागराज र नागरानीले झलमल्ल दरबार बनाएको जनविश्वास रहेको मलाई त्यहा दैनिकी माछालाई चारो र आम नागरिकलाई पानी बेच्दै आएकी आमाले सुनाउनु भयो ।
त्यसो त, नागरानी र खोकनाको डोब्रे सर्पको कथा पनि छ। कथाअनुसार डोब्रे उड्न सक्ने हुन्छ। यही कारण नागरानीको कर्कोटक नागराजसँग सम्बन्ध भए पनि उनी डोब्रेसँग लुकिछिपी प्रेम गर्छिन्। अर्को किम्बदन्ती महाभारतसँग जोडिएको छ।
भिमसेनले एक कोदालो खन्दा पोखरी बन्यो रे। अनि हुत्याएको माटोले परको पहाड। पहिले त्यो पहाडलाई ‘किरात पोल्ने पहाड’ भन्थे। अहिले ह्वाइट हाउस पहाड। त्यो पहाड जति अग्लो छ, त्यति नै गहिरो यो दह भएको स्थानीय विश्वास गर्छन्।
त्यसैगरी, अर्को किम्बदन्तीअनुसार दहभित्र इनारै इनार छ। इनारै इनार जाँदा अर्कै संसार पुगिन्छ जहाँ दिन हुँदा यहाँ रात हुन्छ र रात हुँदा दिन। दहमा नौ कुना रहेको भन्ने पनि छ। कुनै एक ठाउँमा बसेर सबै कुना हेर्छु भन्ने हो भने त्यो असम्भव छ, एक न एक कुना लुकेकै हुन्छ। हंसको एउटा पात्रले त दहलाई नेपालको नक्सा जस्तै पनि भनेका छन्।
पछिल्लो पटक कीर्तिपुर नगरपालिका टौदह परिसरमा पर्यटन पूर्वाधार विकासु का लागि परियोजना अगाडि बढाएर त्यस्तै दोहनमा अग्रसर हुने क्रममा छ। धार्मिक पर्यटन बढाउने उद्देश्यले टौदह परिसरमा पानीको फोहोरा, करकटेश्वर महादेवको मन्दिर, पाटिपौवा, पुल, टौदह प्रतीक चिह्न लगायत पूर्वाधार निर्माण गर्ने प्रस्ताव नगरपालिकाले गरेको हो। यस्ता पूर्वाधारले आफूजस्तै प्रकृति र चरासँग रमाउने मस्तमौलाहरूलाई पक्कै असर पुग्ने छ ।
तपाईलाई थाहा छ, चरालाई उड्न भिसा पासपोर्ट चाहिन्न। मानिससँग भने मेरो सिमाना, मेरो देश, मेरो घर, जग्गा, मेरो सम्पत्ति, उ मेरो जस्ता भावना अझै पनि छन्। त्यहीकारण पनि मानिसहरू सजिलै चरा जसरी उड्न सक्दैनन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपचितवनको दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला
असार २३, २०८१ आइतबार
मापदण्डअनुसार छानिएका घरबासले पाए सरकारी अनुदान
असार २०, २०८१ बिहिबार
जुनमा ७६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
नेपालबहस संवाददाता
असार २३, २०८१ आइतबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार
नयाँ सरकारलाई चुनौति दिने गरी नेपाल टेलिकममा एमडी नियुक्तिको तयारी
असार २३, २०८१ आइतबार
किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण
असार २४, २०८१ सोमबार
देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति
असार २४, २०८१ सोमबार
पुरानै शैलीमा पुनःनिर्माण हुँदै लमजुङ दरबार
असार २४, २०८१ सोमबार
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
असार २४, २०८१ सोमबार
बेनीका विद्यार्थी सङ्ख्या कम भएका ७ विद्यालयको कक्षा घटुवा
असार २४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २४, २०८१ सोमबार