ओलीको राजीनामा मागेको कांग्रेसले ल्याउला त अविश्वासको प्रस्ताव ?
नेपालबहस संवाददाता
चैत २१, २०७७ शनिबार १५:१५:४१
२१ चैत, काठमाडौं । शुक्रबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले नयाँ सरकार गठनमा कांग्रेसले अनिइच्छा देखाएको, प्रधानमन्त्रीमा केपी ओलीकै निरनन्तरता चाहेको भन्ने आरोप,आशंका र अलमललाई अन्त्य गरिदिएको छ । ओलीप्रति नरम बनेको आरोप लाग्दै आएका पार्टी सभापति शेरवहादुर देउवा आफैंले ओलीको राजीनामा माग्ने र कांग्रेसले नयाँ सरकार निर्माणका लागि पहल लिने प्रस्ताव गरेपछि बैठकमा सबै केन्द्रीय सदस्यहरुले त्यसलाई स्वागत मात्र गरेनन् त्यसले कांग्रेसलाई थप बलियो एकतावद्ध पनि बनाएको छ ।
कांग्रेसले राजीनामा माग्दैमा प्रधामन्त्री ओलीले राजीनामा दिने अवस्था त छैन । तर पार्टी भित्रबाट पार्टी सभापति देउवा ओलीकै निरनन्तरता चाहान्छन् र ओलीमाथि देउवाको साथसमर्थन रहेको छ भन्ने आरोपलाई भने हिजोको बैठकबाट देउवाले चिरिदिएका छन । अब उनले नयाँ सरकार निर्माणमा लिने अग्रसरताले त्यसलाई थप स्पष्ट पार्दै जाने छ ।
प्रधानमन्त्री ओलीले राजीनामा नदिएको अवस्थामा कांग्रेसले निर्णय कार्यान्वयमा लैजान कांग्रेसका अगाडि दुई बटा विकल्प रहन्छन् । विकल्प १ नेपाली कांग्रेसकै अग्रसरतामा शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्तावित गरेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने । विकल्प २ माओवादीलाई समर्थन फिर्ता लिन लगाएर ओलीलाई विश्वासको मत लिन अवस्था सृजना गरी त्यसलाई असफल सावित गरी गठवन्धन सरकार निर्माणको नेतृत्व कांग्रेसले गर्न गर्ने ।
यि दुबै जुनसुकै विकल्पमा जाँदा पनि नेपाली कांग्रेसलाई माओवादी केन्द्र र जनता समाजबादी दलको समर्थन आवश्यक पर्दछ । माओवादी केन्द्रले ओलीको विकल्प दिनुपर्ने भन्दै कांग्रेसलाई सरकारको गठनको पहल लिन आग्रह गर्दै आइरहेको अवस्थामा उसको साथ नेपाली कांग्रेसलाई हुने स्पष्ट छ । अर्को दल जसपा भने कांग्रेसलाई समर्थन गर्ने सम्वन्धमा विभाजित हुन सक्ने अवस्था देखिएको छ ।
नेता महन्थ ठाकुर र राजेन्द्र महतो समुह ओलीसँग सत्तासाझेदारीको मोलमोलाईमा रहेको छ भने उपेन्द्र यादव पक्ष तत्काललै ओलीको वहिरगमनमा उभिएको छ । त्यसैले जसपाको मत विभाजित हुन सक्ने देखिन्छ । तथापी जसपा नेताहरुले त्यसलाई अस्वीकार गर्दै आफ्ना माग संवोधन गर्नेलाई समर्थन गर्ने बताउँदै आएका छन् ।
त्यसो त जसपाको मत विभाजित हुने अवस्थामा पनि कांग्रेस–माओवादी– जसपा यादव पक्ष र माधव–झलनाथ समूहका सांसदहरु मिलेर अविश्वासको प्रस्ताव पारित गराउने सम्भावना पनि उतिकै छ । आफ्नै दलका नेपाल खनाल पक्षको सहयोग रहेन भने प्रधानमन्त्री केपी ओलीले यसबीचमा जसपालाई फुटाएर १७/१८ जना सांसदलाई आफूतिर तानेर बहुमत पुग्ने अवस्था रहदैन ।
माधव–झलनाथ समूहमा तीन दर्जन सांसदहरुले फ्लोर क्रस गरे भने वा मतदानमा अनुपस्थिति जनाए भने जसपा सवैलाई तानेर पनि ओलीको बहुमत नपुग्ने अवस्था आउछ । किनभने, ओली र माधव पक्षबीच अहिले विवाद यतिधेरै चर्किएको छ कि माधव पक्षले ओलीलाई मतदान गर्न सक्छ भनेर आकलन गर्न सकिदैन । एमाले भित्र ओलीले माधव पक्षलाई कारवाहीको श्रृखला चलाइरहेका छन् । त्यसले पनि यो संभावनालाई बलियो बनाएको छ ।
यस्तो अवस्थमा माधव पक्षको समेत सहमती जुटाएर नेपाली कांग्रेसकै अग्रसरतामा शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्तावित गरेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन सक्छ । तर अविश्वासको प्रस्ताव दर्ता भएन र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएमा प्रधानमन्त्रीले विश्वासको मत जुटाउन निकै ठुलो कसरत गर्नेछन् । भलै त्यसमा असफल भए पनि त्यसपछि सरकार निर्माणमा पनि उनलै निकै खेल खेल्ने र कांग्रेसलाई गठवन्ध सरकारको नेतृत्व सहज रुपमा नदिने अवस्था सृजना गर्न सक्छन् जबकी अविश्वासको प्रस्ताव दर्ता गरी जसपालाई मनाउदा कांग्रेसले सहजै सरकारो नेतृत्व लिन सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार