बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक नियुक्त गर्ने
नेपालबहस संवाददाता
चैत २१, २०७७ शनिबार १६:०:४८
२१ चैत, त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक नियुक्त गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेट विनियोजनको क्रममा शिक्षक दरबन्दी कम भएका तर विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि स्वयंसेवक शिक्षक राख्नका लागि बजेट तर्जुमा गरेसँगै अब नियुक्तिको प्रक्रिया अघि बढाउन लागेको जनाइएको छ ।
बेलकोटगढी नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख बद्रीप्रसाद शर्माका अनुसार चालु आवको लागि कम्तीमा ३० स्वयंसेवक शिक्षक नियुक्त गर्न बजेट सुनिश्चित भइसकेकाले कार्यपालिका बैठकबाट निर्णय गराई भर्ना प्रक्रिया अघि बढाउन लागिएको हो । नगरपालिकाले विद्यार्थी सङ्ख्या धेरै भएको तर शिक्षक दरबन्दी कम भएका विद्यालयलाई स्वयंसेवक शिक्षकको व्यवस्था मिलाउन रु ६२ लाख बजेट छुट्टाएको थियो । उक्त बजेटमार्फत कम्तीमा ३० शिक्षक नियुक्त गर्न आवश्यक कानूनी कार्यविधिलगायतका तयारी सम्पन्न भइसकेकाको शाखा प्रमुख शर्माले जानकारी दिए ।
“नियुक्त गर्न लागिएका शिक्षकको लागि प्राविलाई रु १५ हजार, निमाविलाई रु २० हजार र मावि तहको लागि रु २५ हजार तलब दिइनेछ”, उनले भने, “नियुक्ति पाएकाले एक वर्ष अध्यापन गराए पनि चाडपर्व भत्ताबापत थप एक महिनाको तलबसमेत उपलब्ध गराइने भएकाले १३ महिनाको सुविधा पाउने छन् ।” अहिले नियुक्त भएका शिक्षकको लागि यो आवमा बजेट सुनिश्चित भइसकेको छ भने नियमितरुपमा नगरपालिकाले स्वयंसेवक शिक्षक राख्न थप बजेट नगरपरिषद्मार्फत गरिने नगरप्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए ।
नगरपालिकामा हाल १९ माविसहित प्रावि र निमावी ‘आधारभूत विद्यालय’ ३४ गरेर कूल ५३ सामुदायिक विद्यालय छन् । भूकम्पको समयमा प्रभावित भएका सामुदायिक विद्यालयको अध्ययन सुधारका लागि अधिकांश विद्यालयमा पुनःनिर्माणअन्तर्गत सुविधासम्पन्न नयाँ भवनको निर्माण गरिएको छ भने बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम, अङ्ग्रेजी माध्यमबाट अध्यापन, भर्चुअल कक्षा, विद्यालयमा नर्समार्फत विद्यार्थीलाई स्वास्थ्य शिक्षा र हेरचाह, विद्यालयको लागि यातायातको सुविधालगायतको व्यवस्था नगरपालिकाले मिलाइ कोरोनाले प्रभावित भएको शैक्षिक गतिविधिलाई पुरानै लयमा फर्काउन सफल हुँदै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाको अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
माडीका गाईमा ‘क्यू फिवर’ पुष्टि !
असोज १६, २०८१ बुधबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
असोज २१, २०८१ सोमबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
२७ सयमाथि पुगेको नेप्से फेरी झरेर २६९० अंकमा रोकियो, ७ अर्बको कारोबार
असोज २१, २०८१ सोमबार
मधेसमा चाडपर्व लक्षित सुरक्षा योजनामा ६ हजारभन्दा बढी प्रहरी परिचालन गरिने
असोज २१, २०८१ सोमबार
दशैंमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना
असोज २१, २०८१ सोमबार
डल्ले खुर्सानी बेचेर एक लाख आम्दानी
असोज २१, २०८१ सोमबार
मुस्ताङी च्याङ्ग्राको मूल्यमा गिरावट आएपछि माग बढ्यो
असोज २१, २०८१ सोमबार