कविता : मसान
नेपालबहस संवाददाता
चैत २१, २०७७ शनिबार १६:३६:३८
त्यो लाश धेरै नै बलियो मानिसको थियो भनिन्थ्यो
तर
आगो डराएन उसलाई जलाउन !!
अर्को लाश ज्यादै धनी मानिसको थियो भनियो
तर
ऊ जल्दा सुन निस्केन शरीर बाट,
खरानी निस्कियो !!
असाध्यै रूपमतीको थियो रे तेश्रो लाश
तर
उसको जल्दै गरेको शरीर बाट
अत्तरको वासना आएन !!
ठूला भनिएका मानिसहरूका लाश पनि
जलिरहे लहरै श्रिखंड माथि सुती !
तर
उनीहरू जल्दा न आकास रोयो
न धर्ती चिच्यायो !!
एक छेऊका ती साना लाशहरु..
जो जिउँदा जस्तो गनाउँथे,
मरे पछि पनि उस्तै गनाए !
जो जिउँदा जसरी जल्थे,
मरे पछि पनि उसैगरी जले !
जसले जिउँदा कहिलै ‘ऐया’ भनेनन,
मरे पछि ‘आच्चो’ पनि भनेनन !
म ती सदाबहार लाशहरुको नजिकै बसिरहें
र
जिन्दगी छामिरहें धेरैपटक !!
अफसोच,
घाटमा म मानिस बनिरहें सधै,
घाट बाट फर्के पछि मसान जहिलै ..!!
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
उ मर्यो र त, उ शहिद भयो
भदौ ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार