समर्थन फिर्ता गरे राजीनामा आउछ : ओली
नेपालबहस संवाददाता
चैत २१, २०७७ शनिबार १८:३५:५४
२१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले राजीनामा दिने बताएका छन्। शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत १६५ सडक निर्माण कार्यक्रमको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले समर्थन फिर्ता गरे आफ्नो राजीनामा आउने बताएका हुन ।
‘प्रधानमन्त्रीको राजीनामा आज मागिएको होइन्, मागिएको मागिएइ छ त । मागैपच्छिे म कसरी दिनसक्छु ? एउटाले माग्दैन, एकदिन माग्दैन, दुईदिन माग्दैन, माग्या छ माग्या छ’, उनले भने, ‘ए बाबा, हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु त्यो पनि लिँदैनन् । अनि राजीनामा माग्छन् । राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न ।’ प्रधानमन्त्री ओलीले भने ।
उनले आफ्नो राजीनामा अहिले मात्रै नभएर पटकपटक मागिँदै आएको बताउँदै उनले मागपिच्छे आफूले राजीनामा दिन नसक्ने बताए । उनले समर्थन फिर्ता पनि नगर्ने राजीनामा पनि माग्न नछाड्ने काम चलिरहेको प्रति आक्रोश ब्यक्त गर्दै मिडियाले पनि मेलम्चीको पानीभन्दा प्रधानमन्त्रीको राजीनामालाई महत्व दिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
समस्याग्रस्त घोषणा भएको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार
सुन तोलामा २६ सयले घटेर १ लाख ४९ हजार नजिक
मंसिर ११, २०८१ मंगलबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार