काठमाडौंमा रकम सङ्कलन गरी डोल्पामा सहयोग
नेपालबहस संवाददाता
चैत २१, २०७७ शनिबार २१:२७:२
२१ चैत, डोल्पा । काठमाडौंमा सक्रिय सङ्घसंस्था र सामाजिक अभियन्ताले डोल्पाको एक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । त्रिपुरासुन्दरी नगरपालिका– १ स्थित त्रिपुरा मावि काटियाँचौरका १०० विद्यार्थीलाई पुग्ने गरी शैक्षिक सामग्री सहयोग गरिएको हो ।
उनीहरुले ३० हजार ६०० रकम सङ्कलन गरी ८०० थान कपी, कलमलगायत सामग्री सहयोग गरेको विद्यालयले जनाएको छ । शैक्षिक सामग्री खरीदका लागि ज्वेलरी स्कुल एण्ड प्रोडक्सन हाउस, राष्ट्रिय दलित कल्याण सङ्घ तथा सामाजिक अभियन्ता तीर्थ विश्वकर्मा, मोहन विश्वकर्मा, शम्शेर नेपाली, तुलसा लामिछाने, सविना भट्टराई, कमला हेमचुरी र जज एभरेष्टले सहयोग गरेको शिक्षक मनबहादुर सार्कीले बताए ।
प्यूठान निवासी सामाजिक अभियन्ता शम्शेर नेपालीले विद्यालयको नाम अङ्कित १०० थान टाई र १०० थान पेटी सहयोग गरको उनले बताए ।सहयोगस्वरुप प्राप्त सामग्री जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा सरोकारवालाको उपस्थितिमा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए ।
कक्षा १ देखि १० सम्म अध्ययनरत १०० विद्यार्थीलाई प्रतिविद्यार्थी आठ थान कपी, एक कलम, एक पेन्सिल दरले वितरण गरिएको उपाध्यायको भनाइ छ । दुर्गम क्षेत्रका विद्यालयमा अध्ययनत विद्यार्थीको सुनौलो भविश्यको कामना गरेर सहयोग गरेको भन्दै विद्यालयले सहयोगी संस्था र अभियान्ताप्रति आभार प्रकट गरेको छ । निःशुल्क कपी, कलम र शैक्षिक सामग्री पाएपछि सम्पूर्ण विद्यार्थी तथा अभिभावक खुशी व्यक्त गर्नुका साथै धन्यवादसमेत दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली प्रदेशसभा अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
जुम्लामा आज सार्वजनिक बिदा
असोज १४, २०८१ सोमबार
‘संविधानको अक्षरश : पालनाबाट नागरिक अधिकार सुनिश्चित’
असोज ३, २०८१ बिहिबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
असोज २१, २०८१ सोमबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
२७ सयमाथि पुगेको नेप्से फेरी झरेर २६९० अंकमा रोकियो, ७ अर्बको कारोबार
असोज २१, २०८१ सोमबार
मधेसमा चाडपर्व लक्षित सुरक्षा योजनामा ६ हजारभन्दा बढी प्रहरी परिचालन गरिने
असोज २१, २०८१ सोमबार
दशैंमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना
असोज २१, २०८१ सोमबार
डल्ले खुर्सानी बेचेर एक लाख आम्दानी
असोज २१, २०८१ सोमबार
मुस्ताङी च्याङ्ग्राको मूल्यमा गिरावट आएपछि माग बढ्यो
असोज २१, २०८१ सोमबार