नेपाललाई खेलकूद गन्तव्य बनाउन गभर्नर अधिकारीको आह्वान
नेपालबहस संवाददाता
चैत २१, २०७७ आइतबार ०:१२:४७
२१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाललाई खेलकूदको गन्तव्य बनाउन आह्वान गरेका छन् ।नेपाल चेम्बर अफ कमर्श ७०औँ वार्षिकोत्सवका अवसरमा चेम्बरले आयोजना गरेको गल्फ प्रतियोगिताका विजयी महिला तथा पुरुष खेलाडीलाई आज राजधानीमा पुरस्कार प्रदान गर्दै उनले खेल पर्यटन पनि आर्थिक उन्नयनका निम्ति उपयोगी भएकाले नेपाललाई खेल पर्यटनको उपयोगी माध्यम बन्न सक्ने बताउनुभयो ।
कोभिड–१९ का कारण गति लिन नसकेको मुलुकको अर्थतन्त्रलाई खेलकूदको माध्यमबाट पनि टेवा दिन सकिने विचार व्यक्त गर्दै उहाँले पर्यटन व्यवसायको पुनरुत्थानका लागि पनि खेल पर्यटन महत्वपूर्ण छ भने । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आगामी वर्षको मौद्रिक नीतिमा खेल पर्यटन र त्यसले देशको अर्थतन्त्रका पार्ने सकारात्मक प्रभावलाई समाहित गर्न आग्रह गरे ।
नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले गल्फ खेलमा हरेक वर्ष छ अर्ब अमेरिकी डलरको कारोबार हुने गरेको जानकारी गराउँदै त्यसको केही हिस्सा नेपालमा आकर्षित गर्न सम्बद्ध निकायले आवश्यक प्रयास गर्नुपर्नेमा जोड दिए ।
नेपालमा गल्फ खेलको इतिहास १०४ वर्षभन्दा पुरानो भएको तथा ७० वर्ष पुगेको चेम्बर र शताब्दी पुरानो गल्फ क्लबले नेपालको आर्थिक विकासको क्षेत्रमा खेल पर्यटनका माध्यमबाट टेवा पु¥याउने सक्ने विचार अध्यक्ष श्रेष्ठले व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
कात्तिक ११, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार