बर्दियामा पाटेबाघमा स्याटेलाइट कलर जडान
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार १८:१४:२५
२२ चैत, बर्दिया । बर्दियामा पाटेबाघमा स्याटेलाइट कलर जडान गरिएकाे छ । चहलपहल बढेपछि आनीबानी र आवागमन पहिचान गर्न बाँके, बर्दिया र पर्सा निकुञ्जका गरेर थप चारवटा बाघमा स्याटेलाइट रेडियो कलर जडान गरिने भएको हाे ।
बर्दिया राष्ट्रिय निकुञ्जले गत चैत १६ गते पूर्व–पश्चिम राजमार्गस्थित कौवाभारमा पाँच वर्षको बाघलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियो कलर जडान गरेर छाडेको छ । मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय निकुञ्ज विभागले बर्दिया, बाँके, चितवन र पर्साको कम्प्लेक्समा ६ वटा बाघको अध्ययन गर्ने अनुमति पाएको थियो ।
पहिलो चरणमा बर्दियामा पाटेबाघमा स्याटेलाइट कलर जडान गरिएको निकुञ्जले जनाएको छ । पर्सा निकुञ्जमा एक महिनाअघि प्राविधिक टोलीले एउटा बाघलाई स्याटेलाइट कलर जडान गरिसकेको छ । अब चितवन र बाँकेमा एकरएक, बर्दियामा दुईवटा बाघमा रेडियो कलर जडान हुनेछ । बाँके र बर्दिया निकुञ्जका थप तीनवटा बाघमा स्याटेलाइट रेडियो कलर जडान गरिएकाे छ ।
कलर जडान गरिएका बाघको अध्ययन भइरहेकाले व्यवहारका आधारमा विचरण क्षेत्र, आहारा जुटाउने तरिका र राजमार्गमा कसरी आउजाउ गर्छ भन्ने थाहा हुने छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्सा, बाँके, चितवन र बर्दिया निकुञ्जमा सडक संरचना कस्तो बनाउने, मान्छेमाथि हुने आक्रमणका घटना कसरी रोक्नेलगायत विषयमा तय गर्न अध्ययनले सघाउने छ । बाघ कति आक्रामक छ, मानिसलाई कसरी आक्रमण गर्छ भन्ने विषयमा अध्ययन भएपछि यसैका आधारमा निकुञ्जले प्रतिवेदन सरकारलाई बुझाउनेछ ।
बर्दिया निकुञ्जमा यो मौसममा धेरैतिर बाघ देखिन थालेका छन् । राजमार्गमा बाघका आनीबानी अध्ययन थालिए पनि मध्यवर्ती क्षेत्रमा भने केही पछि गरिने निकुञ्जले जनाएको छ । सन् २०१८ को गणनाअनुसार बर्दियामा ८७ वटा बाघ रहेकामा अहिले बढेर १ सय २५ पुगेको अनुमान छ । दुई वर्षको अवधिमा बाघको आक्रमणबाट बर्दियामा १७ र बाँके निकुञ्जमा दुई गरी १९ जना मानिसको मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ २१, २०८१ सोमबार
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
जेठ २१, २०८१ सोमबार
गर्मी छल्न सुकुटे, र्याफ्टिङले पर्यटक आकर्षित
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
टी-२० विश्वकप : ओमानमाथि नामिबियाको सुपर ओभरमा जित
जेठ २१, २०८१ सोमबार
टी–२० विश्वकप : ओमान र नामिबियाको खेल सुपर ओभरमा
जेठ २१, २०८१ सोमबार
अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी पहिलो प्रतिवेदन संयुक्त राष्ट्रसंघमा पेस गरिने
जेठ २१, २०८१ सोमबार
फेवातालमा डुङ्गा सयर गर्दै पर्यटक
जेठ २१, २०८१ सोमबार
गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र
जेठ २१, २०८१ सोमबार
व्यवसायी एवं लगानीकर्ता टोमसदोत्तिर आइसल्याण्डको राष्ट्रपतिमा निर्वाचित
जेठ २१, २०८१ सोमबार