पर्यटन प्रवद्र्धनका लागि सिराइचुलीदेखि सगरमाथासम्म यात्रा शुरु
नेपालबहस संवाददाता
चैत २३, २०७७ सोमबार १४:४४:२
२३ चैत, मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिनका कुमार गुरुङले जिल्लाकै अग्लो भूमि सिराइचुलीदेखि सगरमाथासम्मको यात्रा शुरु गरेको छ । समग्र चितवनको पर्यटन प्रवद्र्धन र गाउँपालिकाको चिनारीका लागि ‘सिराइचुलीदेखि सगरमाथासम्म’भन्ने मूल नाराका साथ जिल्लाकै अग्लो भूमि सिराइचुलीदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म आरोहणका लागि यात्रा शुरु गरेको हो ।
जिल्लाका विभिन्न पर्यटकीयस्थल अङ्कित लोगो फहराउने उद्देश्यका साथ शनिबारदेखि यात्रा शुरु गरिएको गुरुङले बताए । उनले जिल्लाको एकमात्र गाउँपालिकामा रहेको अग्लो भूमिबाट शुरु गरिएको यात्राले विशेष गरी गाउँपालिका र यहाँ रहेका पर्यटन क्षेत्रको प्रचारप्रसार हुने जानकारी दिए ।
सामुद्रिक सतहदेखि एक हजार ९४५ मिटर उचाइमा रहेको चितवनको सबैभन्दा अग्लो भूमि सिराइचुलीमा पुगेर सगरमाथा आरोहणको लागि अभियान शुुभारम्भ गरेको अभियानका संयोजक कृतिकुमार श्रेष्ठले बताए । गाउँपालिकाको मात्र नभई समग्र जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उनको विश्वास छ ।
बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफालाई सगरमाथा आरोहणको तयारी गर्ने नेपालस्थित सेभेन समिट ट्रेकमार्फत नै गुरुङको पनि आहरोणको तयारी भएकाले पनि जिल्लाको पर्यटन प्रवद्र्धन त्यसमा पनि इच्छाकामनाको पर्यटन क्षेत्रको प्रचारप्रसार हुने अपेक्षा लिइएको छ ।
यसैबीच गुरुङलाई आइतबार गाउँपालिकाले एक कार्यक्रमकाबीच बिदाइ गरेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले उहाँलाई सहयोग रकम हस्तान्तरणसहित बिदाइ गरेको हो । अध्यक्ष गुरुङसहित अन्य जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले बिदाइ गरेका हुन् । उक्त अवसरमा गाउँपालिकाले आरोहणका लागि रु तीन लाख सहयोग गरेको छ । उनलाई गाउँपालिका अध्यक्ष गुरुङले चेक हस्तान्तरण गरेको हो ।
अध्यक्षले सगरमाथा आरोहण गर्न लागेका गुरुङलाई गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोण गर्न लागेकामा खुशी व्यक्त गर्दै आरोहण सफलताका लागि शुभकामना व्यक्त गरेको थियो । यसअघि आरोही गुरुङले स्वीडेनमा रहेको पाँच हजार मिटर अग्लो हिमाल सफलतापूर्वक आरोहण गरेकाले पनि मौसमले साथ दिए अप्रिलको अन्तिममा सगरमाथाको सफल आरोहण गर्नसक्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
आइतबार १० अंकले घट्यो नेप्से, ८ अर्ब ३३ करोडका शेयर खरिदबिक्री भए
मंसिर १६, २०८१ आइतबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार