दोलखामा राससको सम्पर्क कार्यालय सञ्चालनमा
नेपालबहस संवाददाता
चैत २३, २०७७ सोमबार १४:५६:२६
२३ चैत, दोलखा । राष्ट्रिय समाचार समिति (रासस)को नवस्थापित दोखला सम्पर्क कार्यालय आजबाट सञ्चालनमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त कार्यालयको आज बिहान अवलोकन गर्दै कार्यालय खोलेकाप्रति खुशी व्यक्त गरे ।
उनले दोलखा प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रचुरता भएको जिल्ला भएकाले यस कार्यालयबाट यहाँका तमाम सामाजिक, आर्थिक, सांस्कृतिक गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन अहम् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
मन्त्री गुरुङले आफ्नो हैसियतबाट राससलाई स्रोत साधन उपलब्ध गराउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राससले समाज र मुलुकको सेवा गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा राससका अध्यक्ष हरिहर अधिकारी (श्यामल) र महाप्रबन्धक ओपेन्द्र शर्माले मन्त्री गुरुङलाई कार्यालयमा स्वागत गरेको थियो ।
सो अवसरमा अध्यक्ष अधिकारीले उक्त कार्यालयलाई अब स्थानीय स्वामित्वको महत्वपूर्ण निकायका रुपमा स्थापित तथा विकास गर्न रासस सक्षम हुने भनाइ राखे। महाप्रबन्धक शर्माले मन्त्रालय र भिमेश्वर नगरपालिका तथा जिल्ला समन्वय समितिको सहयोगका लागि आग्रह गरे । उक्त सम्पर्क कार्यालयको प्रमुख प्रभु जिरेल रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाथीसँग फुटबल खेलेर फर्कने क्रममा खोलाले बगाउँदा दुई बेपत्ता
असार १३, २०८१ बिहिबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
युरोकपमा आज फ्रान्स र बेल्जियम खेल्दै
असार १७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
असार १७, २०८१ सोमबार
खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका उमेश खत्री
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
पहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार