अप्ठ्यारोमा जसपा, दल विभाजन कि सत्ता ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
चैत २३, २०७७ सोमबार १५:३९:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/jasapa_D2d8kqcAkr.jpg)
२३ चैत, काठमाडौ । जनता समाजबादी दल (जसपा) सत्ता समीकरणका विषयमा एकमत नहुँदा तत्काल वैकल्पिक सरकार गठन हुने सम्भावना न्युन बन्दै छ । उक्त दल भित्र प्रधामन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने वा नेपाली कांग्रेस र माओवादी केन्द्रसँग गठवन्धन गरेर अघि बढ्ने विषयमा देखिएको मतभेदले भने पार्टीलाई नै विभाजनको अवस्थामा सम्म पुर्याउन सक्ने विश्लेषण हुन लागेको छ ।
जसपा यतिवेला प्रधामन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस र माओवादी केन्द्र तीनै दलको तानातानमा परेको छ । जसको परिणाम सरुप जसपाले आफ्ना माग संवोधनको लागि उपयुक्त समयको रुपमा लिदै मोलमोलाइको शर्तलाइ अझ बढाउदै लगेको छ। यसले जसपालाई थप बलियो मात्र बनाएको छैन दल विभाजन कि सत्ता ? कठिन रोजाइको अवस्थामा समेत पुर्याइदिएको छ ।
प्रधानमन्त्रीसँग नियमित संवादमा रहेको जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोपक्ष केपी ओलीलाई समर्थन गरेर अघि जान सकिने बताइरहेका छन् भने जसपा भित्रको उपेन्द्र यादव समुह ओलीलाई समर्थन गर्न नसकिने बताउँदै आएको छ । यादव पक्ष कुनै पनि हालतमा ओली सँग सहकार्य नगर्ने मनस्थितिमा देखिन्छ ।
त्यसो त प्रतिपक्षी नेपाली काग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र नयाँ सरकार बनाउन पहल थाल्ने निर्णय लिए पछि जसपाले आफैले पनि प्रधानमन्त्रीको दावी पेश गर्न थालेको छ । सरकार गठनमा संसदमा अंक गणितीय हिसाबले ‘किङमेकर’ बन्न पुगेको जसपाका नेताहरु आफैं सरकारको नेतृत्व गर्ने बताउन थालेका छन् । यसले पनि वर्तमान राजनीतिक अवस्था जनता समाजबादी दललाई विभाजन देखि प्रधानमन्त्री पद पाउँने सम्मको अवसर र चुनौति दुवै बनेर अडिएको छ ।
यहीबीचमा नयाँ सत्ता समीकरणबारे नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जसपा अध्यक्ष महन्थ ठाकुर बीच संवाद सकारात्म रहन सकेन् । देउवालाई समर्थन गर्न प्रस्ताव गरे पछि नेता ठाकुरले ‘गठबन्धनको सरकार बनाउने भन्ने, अनि आफ्नै नेतृत्वमा सरकार बन्नुपर्छ भनेर निर्णय दिने ? गठबन्धनको सरकारका लागि तीन दलसँग बसेर निर्णय लिनुपर्ने होइन र भनी प्रश्न गरेका थिए ।
उनको यो प्रश्नले पनि प्रधामन्त्रीसँगको बार्ता सकारात्मक रुपम अघि बढेको अनुमान गर्न सकिन्छ । प्रधामन्त्रीले सरकारमा सहभागी हुन र महत्वपूर्ण ८ मन्त्रालय रोजेर लिन यस अघि नै आग्रह गरीसकेका छन । त्यसैगरी रेशम चौधारी रिहाइका अघि बढेको बार्ता पनि सहमती नजिक पुगेको बताइएको छ ।
यी तमाम प्रयासका बीच जसपालाई आफ्नो कि्त्तमा ल्याउन नसके प्रधानमन्त्री ओलीले जसपालाई फुटाएर १७, १८ जना सांसदलाई आफूतिर तानेर बहुमत पुर्याउने प्रयास गर्ने सम्भावना पनि उत्तिकै बलियो बन्दै गएको देखिन्छ । पछिल्ला राजनीतिक परिदृश्यले यो अवस्था आउन सक्ने संभावना बढेर गएको देखाएको छ । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद रहेकामा दुई जना निलम्बनमा छन । माओवादी केन्द्रका ५३ र जसपाका ३३ सांसद छन् । एमालेबाट १२१ जान सांसद रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित शहर, दिल्ली शीर्ष स्थानमा
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
बारामा सुधार केन्द्रभित्रै कुटपिट गरी एक युवाको हत्या
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार