व्यासमा कर व्यवस्थापन सहजीकरण समिति गठन
नेपालबहस संवाददाता
चैत २३, २०७७ सोमबार १७:२७:४१
२३ चैत,दमौली । तनहुँको व्यास नगरपालिकाले व्यवसायको कर व्यवस्थापनका लागि समिति गठन गरेको छ । आइतबार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले नगरक्षेत्रभित्र व्यवसायको कर व्यवस्थापन सहजीकरणका लागि व्यास –२ का वडाध्यक्ष काशीराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिको सदस्यमा व्यास–१ का वडाध्यक्ष खरसिं दरै, ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ, ४ का वडाध्यक्ष विश्व न्यौपाने, कार्यकारिणी सदस्य कल्पना पोख्रेल, दमौली बजार इकाई प्रतिनिधि रहनुभएको छ भने सदस्य सचिवमा राजश्व शाखाका अर्जुन श्रेष्ठ तोकिएका छन् ।
नगरपालिकाको गत चैत ३० गते आयोजना गर्न लागिएको स्थापना दिवसको सन्दर्भमा आमन्त्रण, प्रकाशनको र व्यवस्थापन तयारीमा भएको प्रगतिबारे समिक्षा गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । स्थापना दिवसमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहनेछ ।
बैठकले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क सङ्कलन गर्ने कार्यमा खटिएका तथ्याङ्क सङ्कलकहरुलाई धन्यवाद ज्ञापन गर्ने र वडागत सङ्कलित फारम नगरपालिकामा जम्मा गरी आयोगमा प्रवृष्ट गर्न चार जना कर्मचारीलाई कामको अवधिभर काममा लगाउने निर्णय गरेको छ ।
यसैगरी स्थानीय सरकार सञ्चालन ऐनले निर्दिष्ट गरेको अधिकार भित्र रही व्यास नगरपालिका भित्र सञ्चालित घरेलु इट्टा उद्योग सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ पारित भएको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने
असोज १७, २०८१ बिहिबार
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
सुनचाँदीको मूल्यमा गिरावट
असोज २१, २०८१ सोमबार
जसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सदस्यमा निर्वाचित
असोज २१, २०८१ सोमबार
एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्रि भए यी खेलाडी
असोज २१, २०८१ सोमबार
आयातित बस्तुमा बढी कर लगाउँदा वीरगञ्ज बजारभन्दा रक्सोलमा बढी चहलपहल, बढ्यो तस्करी
असोज २१, २०८१ सोमबार
दक्षिणकाली मन्दिरमा पुगेर राष्ट्रपतिले गरे पूजाअर्चना
असोज २१, २०८१ सोमबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार