मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त
नेपालबहस संवाददाता
चैत २३, २०७७ सोमबार २२:४१:१८
२३ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले रू. १,००० /– अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने रू. १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्काशनको लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
डिबेन्चर बिक्री प्रबन्धक सम्झौता–पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका हुन् ।
रू.१ अर्ब २५ करोड ऋणपत्रको ६० प्रतिशत (अर्थात रू. ७५ करोड) व्यक्तिगत तवर ९एचष्खबतभ एबिअझभलत० मार्फत् र ४० प्रतिशत (रू. ५० करोड) (Private Placement) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत् निष्काशन गरिने जनाइएको छ । अर्धवार्षिक रुपमा व्याज आउने गरिने यस ऋणपत्रको अवधि ७ वर्षको रहने जनाइएको छ ।
ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (NEPSE)मा सूचिकरण गरिने जानकारी दिइएको छ । हाल नेपालमा दीर्घकालिन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्रउपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालिन लगानीको लागि एक विरलै प्राप्तहुने एवं उत्कृष्ट अवसर भएकोले यसबाट फाइदा उठाउन सम्बन्धित सबैमा बैंकले हार्दिक अपिल गरेको छ ।
विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनगर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विनाकुनै शुल्क रकमझिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरिमोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माहुनेआदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्थासमेत गरिएको प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार