सेती नदीमाथि पक्की पुल निर्माण शुरु
नेपालबहस संवाददाता
चैत २३, २०७७ मंगलबार २:५४:१२
२३ चैत, दमौली । तनहुँको ऋषिङ गाउँपालिका र व्यास नगरपालिका जोड्न सेती नदीमाथि पक्की पुल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा ऋषिङ गाउँपालिका–१ झापुटार र व्यास नगरपालिका–३ देउरालीनगर जोड्न सेती नदीमाथि पक्की पुल निर्माण शुरु भएको हो ।
प्रदेश सरकारको रु ३२ करोड ४० लाख २७ हजार ३९४ को लागतमा पुल निर्माण हुन लागेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौंसँग सम्झौता भएको थियो । विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको कार्यालय प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए ।
एक सय ५४ मिटर लामो रहने पुलको चौडाइ ९।५० मिटर रहनेछ । पाइल फाउण्डेशनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ । पुल निर्माणका लागि चालू अवमा रु चार करोड ५० लाख विनियोजन भएकामा निर्माण कम्पनीलाई रु दुई करोड ८६ लाख भुक्तानी दिइएको छ ।
उक्त पुलको आज गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरे । सो अवसरमा मन्त्री गुरुङले विकास निर्माणका सवालमा सबै दलबीच सहमति र सहकार्य आवश्यक रहेका बताए । राजनीतिक दलबीच मतभेद रहेपनि विकास निर्माणका सवालमा एकजुट हुनुपर्नेमा मन्त्री गुरुङको जोड थियो ।
सङ्घीयताले घर घरमा विकास पुगेको चर्चा गर्दै मन्त्री गुरुङले प्रदेशभित्र आधारभूत खानेपानी सुविधा, हरेक बस्तीमा सडक र विद्युत् सुविधा पु¥याउन सरकारले काम गरिरहेको चर्चा गरे । “प्रदेश सरकारले महत्वपूर्ण सडक पुल निर्माणलाई जोड दिएको छ, त्यसैको उदाहरण झापुटारमा बन्न लागेको पुल पनि हो”, उनले भने, “भौतिक पूर्वाधार निर्माणमा सरकारको जोड छ ।”
झापुटारमा निर्माण शुरु भएको पुलले तनहुँको दक्षिणी भेगका जनताको जीवनस्तर परिवर्तन गर्ने बताउँदै उनले भने, “तनहुँको कर्णाली भनेर चिनिने दक्षिणी भेगका जनतालाई पुल बनिसकेपछि निकै सुविधा हुन्छ ।
गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले प्रदेश सरकारले विकास निर्माणमा उल्लेख्य प्रगति गरेको बताए । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जनताको वर्षौदेखिको सपना पूरा हुने क्रममा रहेको भन्दै समयमै पुल निर्माण गर्नुपर्नेमा जोड दिए। ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पुल निर्माणका लागि स्थानीय तहबाट हुनुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले विकास निर्माणका कार्यमा आवश्यक शान्ति सुरक्षाको प्रत्याभूति गराउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने
असोज १७, २०८१ बिहिबार
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्रि भए यी खेलाडी
असोज २१, २०८१ सोमबार
आयातित बस्तुमा बढी कर लगाउँदा वीरगञ्ज बजारभन्दा रक्सोलमा बढी चहलपहल, बढ्यो तस्करी
असोज २१, २०८१ सोमबार
दक्षिणकाली मन्दिरमा पुगेर राष्ट्रपतिले गरे पूजाअर्चना
असोज २१, २०८१ सोमबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
मैतिदेवीको भगवती मन्दिरमा रंगिचंगी (फोटोफिचर)
असोज २१, २०८१ सोमबार
आजको मौसमः कतै हल्का वर्षा, कतै सफा
असोज २१, २०८१ सोमबार