सेनाको सहयोगमा कर्णाली कोरिडोर निर्माण तीव्र
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार १३:२२:७
![](https://nepalbahas.prixacdn.net/media/albums/Karnali_coridors_iTDPgG15Lq.jpg)
२४ चैत, हुम्ला । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ । केही महिनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडक निर्माणको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो । चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि धेरै महिनादेखि रोकिएको निर्माण कार्य शुरु भएको सिमिकोट–हिल्सा सडक योजनाका प्रमुख विसुन दास लामाले बताए ।
सिमिकोट–हिल्सा सडक खण्डमा च्याछरा चट्टाने भिर तथा सडकमा रहेका विभिन्न चेनेजमा कडा चट्टानहरु फुटाउने कार्य तीव्र गतिमा भइरहेको छ । दुई महिनाभित्र यस खण्डको ‘ब्रेक थ्रु’ भई सिमिकोटदेखि चीनको नाका हिल्सासम्म ९५ किलोमिटर सडक मार्गबाट सजिलै यात्रा गर्न सकिनेछ ।
त्यसैगरी सिमिकोट सल्लिसल्ला खण्डमा रहेको सल्लिसल्लाको भिर ब्रेकर करिब एक महिना लगाएर फुटाइसकेको हुँदा हुम्लाको चङ्खेली गाउँपालिका हुँदै १२ किलोमिटर ट्र्याक सडक सर्केगाड गाउँपालिकाको दुल्लीकुनासम्मा खुलिसकेको र ट्र्याक्टरसमेत पुगिसकेको अवस्था रहेको सपना धुलिखेल जेभी काठमाडौंका आधिकारिक प्रतिनिधिले जानकारी दिए । अब दुल्लीकुनाको भीर फुटाउन कम्प्रेसर, जेनेरेटरलगायतका उपकरण सुर्खेतबाट ल्याउने तयारी भइरहेको र भिर फुटाउने कामसमेत चाँडै शुरु हुने उनले जानकारी दिए ।
खार्पुनाथ गाउँपालिकामा रहेको बोक्चेगौँडामा ४०० मिटरको भिरबाट अब एक्साभेटर मेसिन छिर्न सक्ने पि एस दि क्याराभान कङ्ग्री जेभीका स्थानीय प्रतिनिधि क्याछोक लामाले बताए । योजना कार्यालय सिमिकोटबाट प्राप्त जानकारीअनुसार अब ट्र्याक खोल्न करिब १५ किलोमिटर मात्र बाँकी छ ।
विशेषगरी असाध्यै अप्ठ्यारो छारे भिर करिब एक किलोमिटर रहेकामा उक्त भिरको एलाइन्मेन्ट छलेर दुईवटा बेलिब्रिज पुल जडान गर्न सके र निर्माण व्यवसायीले निर्माण कार्यमा तदारुकता देखाए हुम्ला जिल्लाको सदरमुकाम जोड्ने कार्य अबको एक वर्षभित्र सकिने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित शहर, दिल्ली शीर्ष स्थानमा
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
बारामा सुधार केन्द्रभित्रै कुटपिट गरी एक युवाको हत्या
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार