काठमाडौंमा प्रदूषण हिजोदेखि पुनः उच्च, रुपन्देही दोस्रो प्रदूषित शहर
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार १३:५३:२
२४ चैत, काठमाडौं । राजधानी काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा नम्बर १ मा रहिरहेको छ । हल्का बर्षका कारण केही दिन कम देखिएको प्रदूषण हिजोदेखि पुनः उच्च बन्दै गएका कारण काठमाडौं सहर प्रदूषित सूचिको १ नम्बरमा नै रहिरहेको हो । काठमाडौंबाहेक अति अस्वस्थकर वायु प्रदूषण रहेको देशभित्रका अन्य सहरमा रुपन्देहीको सिद्धार्थनगरको क्युआई २७९, नेपालगञ्जको क्युआई २३० र पोखराको क्युआई २१४ छ।
काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन्।घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको छ। आज बिहान काठमाडौंको क्युआई ३१० रहेको छ। प्रदूषण गत हप्ताकै अवस्थामा नपुगे पनि हिजोदेखि भने बढ्न थालेको हो।
काठमाडौंपछि बंगलादेशको ढाका, भियतनामको हानोइ, भारतको दिल्ली तथा म्यानमारको यांगुन शहर लगातार दोस्रो, तेस्रो र चौथो, पाँचौ स्थानमा रहेका छन्।
वनमा लागेको डढेलो नियन्त्रण नभएसम्म तत्काल प्रदूषण कम हुने सम्भावना नरहेको विज्ञहरुले औँल्याउने गरेका छन्। वायुमण्डलमा प्रदूषण अत्यधिक भई वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूषणको मात्रा समेत थपिँदै गएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार