सुनिताको मसानघाटमा के गर्दैछन् अभिनेता यसराज
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार १५:४८:७
२४ चैत, काठमाडौं । गायिका तथा मोडल सुनिता खड्काले लामो समयको मेहनतपछि आफ्नो महत्वाकांक्षी गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । गायिका खड्काले गायक राजन बिसीसंग यूगल गायन गरेको गीत ‘मसान घाट !!’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका तथा मोडल सुनिता खड्काकै शब्द रचनाको उक्त गीतलाई राजन बिसीले संगीतबद्ध गरेका हुन् । साढे १४ मिनेट लामो उक्त गीतलाई गीति कथाको रुपमा चित्रण गरिएको छ । छोटो चलचित्र हेरेको जस्तो अनुभव गर्न सकिने उक्त गीतको भिडियोमा फिल्म अभिनेता यशराज गराच मुख्य भूमिकामा छन् ।
अभिनेता गराचलाई सुनिता खड्का, शैलेश पहरी, सुजन पहरी, सुप्रिया लिम्बु आदिले साथ दिएका छन् । भिडियोमा हेमराज जैसी, जोयल श्रेष्ठ, मधु राई, रमेश सुनार, रिता लिम्बु, तुल्सीराम अवाल, रिता पहरी, रमेश पहरी, अम्बिका नगरकोटी, गृष्मा क्षेत्री, निर्मला लिम्बु, सूर्य ओली आदि कलाकारले पनि अभिनय गरेका छन् ।
पदम सुनारले यो भिडियोलाई सम्पादन तथा रंग संयोजन गरेका छन् । भिडियोलाई मुकेश हुमागाईं तथा उनको समुहले छायांकन गरेको हो । केशवराज भट्ट यो भिडियोका कोरियोग्राफर हुन् । भिडियोमा शैलेश पहरीको कथा, अवधारण तथा निर्देशन रहेको छ । यो भिडियोले छोटो समयमै दर्शकको मन जित्नै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार