१८ निर्जीवन बीमा कम्पनी: नौ गरे लाभांश घोषणा, बाँकीको कहिले ?
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार २२:४९:३४
२४ चैत, काठमाडौं । १८ निर्जीवन बीमा कम्पनी मध्येका ९ कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचिकृत भएका विभिन्न निर्जीवन बीमा कम्पनी मध्येका ९ वटा कम्पनीहरूले मात्र यतिबेला शेयरधनीहरूलाई लाभांशको घोषणा छन् ।
हालसम्म ९ वटा कम्पनीले मात्र लाभांश घोषणा गरेका छन् भने बाँकी कम्पनीहरूले लाभांश घोषणा गर्न बाँकी नै छ ।
९ वटा निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै लाभांश दिनेमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ भने सबैभन्दा कम दिनेमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।
लाभांश घोषणा गर्न बाँकी कम्पनी
नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश घोषणा हुन अझै बाँकी नै छ ।
तर अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले भने यसअघि नै लाभांश घोषणा नगर्ने घोषणा गरिसकेको छ । यसरी हेर्दा अब अजोडबाहेक बाँकी ८ वटा कम्पनीको लाभांश आउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार