७ जिल्लाका २३ स्थानबाट भोली कोभीड–१९ विरुद्धको चीनियाँ खोप लगाउने तयारी
नेपालबहस संवाददाता
चैत २४, २०७७ बुधबार १:१५:२१
२४ चैत, काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोभीड–१९ विरुद्धको ‘भेरोसेल खोप’ भोलिदेखि लगाउने तयारी पुरा भएको छ ।२३ वटा खोप केन्द्रबाट दिन लागिएको उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि खोप दिइने जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली, निजामती कर्मचारी अस्पताल, मिनभवन, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र, कीर्तिपुर, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँ मेडिकल कलेज, सिनामंगल, नेपाल मेडिकल कलेज, अत्तरखेल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी, वीरेन्द्र अस्पताल छाउनी, एपीएफ अस्पताल, बलम्बु, नेपाल प्रहरी अस्पताल, पानीपोखरी, ओम अस्पताल रिसर्च सेन्टर, चावहिल, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटीसहित काठमाडौंको १४ स्थानमा खोप कार्यक्रम संचालन हुने छ ।
भक्तपुर अस्पताल, भक्तपुर, नेपाल कोरिया मैत्री अस्पताल, ठिमी गरी भक्तपुरका दुई स्थानमा खोप संचालन हुने छ । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्दवन अस्पतालमा खोप कार्यक्रम संचालन गर्ने तयारी पुरा भएको छ ।
त्यस्तै जिल्ला अस्पताल रसुवा, धुलिखेल अस्पताल, काभ्रे, त्रिशुली अस्पताल, नुवाकोट, र बाह्रबिसे अस्पताल, सिन्धुपाल्चोकमा भेरोसेल खोप भोलिदेखि लगाउने तयारी पुरा भएको जानकारी दिइएकाे छ । काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार