माओवादी केन्द्रका चार सांसदले दल त्याग गरेको पत्र संसद सचिवालयमा
नेपालबहस संवाददाता
चैत २४, २०७७ बुधबार ४:३४:१६
२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना चार जना प्रतिनिधिसभाका सदस्यले दल त्याग गरेको जानकारी गराउदै र कारवाही सहितको पत्र संसद सचिवालयमा दर्ता गरेको छ । माओवादी केन्द्रका अध्यक्ष एवम् संसदीय दलका नेता पुष्प कमल दाहाल ‘प्रचण्ड’ले अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, कैलाली–४ बाट निर्वाचित लेखराज भट्ट, रौतहट–३ बाट निर्वाचित प्रभु साह र कैलाली-३ बाट निर्वाचित गौरीशंकर चौधरीले दल त्याग गरेको र उनिहरुलाई कारवाही गरेको जानाकारी पत्र सचिवालयमा पठाएका हुन ।
माओवादी केन्द्रले दल त्यागको संघीय संसद सचिवालयमा पठाएसँगै उनिहरु अब सांसद नरहने पक्का भएको छ । त्यसको औपचारीक जानकारी भने सदन समक्ष गराउनु पर्ने छ । राजनीतिक दल सम्वन्धी कानूनले दल त्याग गरेमा त्यस्तो सांसदको पद स्वत खारेज हुने ब्यवस्था गरेको छ ।
दल त्याग गरेको जानकारी पठाएका चारै जना सांसद सर्वोच्चको निर्णय पछि नेकपा एमाले प्रवेश गरेका छन् । चारै जना बहालवाला मन्त्री छन् । रायमाझी ऊर्जा, जलस्रोत तथा सिञ्चाइ, साह शहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् ।
अब प्रधानमन्त्रीले चारै जनालाई मन्त्री पदमा निरन्तरता दिन चाहे संघीय संसदको सदस्य नभएका व्यक्तिलाई मन्त्री नियुक्त गर्न सक्ने संविधानको धारा ७८ अनुसार पुन:नियुक्ति गर्नुपर्छ । नभए उनिहरु संसदको सदस्य नभएकाले स्वत पदमुक्त हुने संवैधानिक ब्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार