नेपाल र स्पेन सम्बन्धलाई प्रभावकारी बनाउन तिमिल्सिना र काल्भोबीच भेटवार्ता

नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार १५:२८:२५

२६ चैत, पोर्चुगल । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भोबीच स्पेनको एक्स्त्रेमादुरामा भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र स्पेनबीच आपसी कूटनीतिक सम्बन्धलाई अझै प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो ।
अध्यक्ष तिमिल्सिनासहितको नेपाली टोलीसँग एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुईलेरम्मो फर्नान्डेज भारासँग समेत भेट भएको छ । भेटमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पासहित विभिन्न नगरपालिकाका प्रमुख तथा लुम्बिनी गार्डेन फाउन्डेसनका प्रतिनिधिको सहभागिता रहेको थियो । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा बुधबारदेखि तीन दिनसम्म आयोजना हुन लागेको पिस कन्फरेन्समा सहभागी हुन राष्ट्रियसभाका अध्यक्षसहितको टोली मङ्गलबार स्पेन आइपुगेको हो ।
सात करोड यूरोभन्दा बढी खर्च गर्दै स्पेनको काथेरेस नगरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वाकांक्षी योजना फाउन्डेसनले राख्दै आएको छ । सोही अभियानको उद्घाटन गर्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना स्पेन आउनुभएको फाउन्डेसनका महासचिव एकराज गिरीले जानकारी दिए ।
अध्यक्ष तिमिल्सिनासहित नेपाली टोलिमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ र लुम्बिनी गार्डेन प्रोजेक्टका प्रमुख आर्किटेक्ट उज्ज्वलमान शाक्यलगायत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
फागुन १२, २०८१ सोमबार
ब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प
फागुन ८, २०८१ बिहिबार
खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग परराष्ट्रमन्त्रीको छलफल
फागुन ७, २०८१ बुधबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
बालेनले ओलीलाई भने– प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशलाई चै नडुबाउनु होला !
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
गाजामा युद्धविरामको म्याद शनिबार सकिँदै, दोस्रो चरणको वार्ताको तयारी
फागुन १७, २०८१ शनिबार
आगामी आर्थिक वर्ष २०८२-८३ को तयार भयो ‘बजेट क्यालेण्डर : करिब १९ खर्बको बजेट लेखिँदै
फागुन १७, २०८१ शनिबार
ट्रम्प र जेलेन्स्कीबीचको बहसपछि विश्वमा हंगामा, युक्रेनलाई कुन देशहरूको छ समर्थन ?
फागुन १७, २०८१ शनिबार
अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछ : अध्यक्ष दाहाल
फागुन १७, २०८१ शनिबार
टर्कीसँग ४० वर्षको सशस्त्र सङ्घर्षपछि पिकेकेद्वारा युद्धविरामको घोषणा
फागुन १७, २०८१ शनिबार
सिन्धुलीको मुल्कोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
फागुन १७, २०८१ शनिबार