पत्रकार महासंघ कास्कीमा पहिलो पटक महिला नेतृत्व चयन
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार १८:३६:७
२६ चैत, पोखरा । नेपाल पत्रकार महासंघ, कास्कीमा पहिलो पटक महिला अध्यक्ष चुनिएकी छन् । बुधबार भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी केशवशरण लामिछानेलाई हराउँदै बिमला भण्डारी अध्यक्ष बनेकी हुन् । लामिछानेले १२१ मत पाउँदा भण्डारीले १७४ मत पाइन् ।
भण्डारी कांग्रेस निकट प्रेस युनियन, माओवादी निकट प्रेस सेन्टर र माधव नेपाल समूहको गठबन्धनबाट चुनाव लडेकी हुन् भने लामिछाने प्रेस चौतारी र प्रेस मञ्च गठबन्धनबाट उठेका थिए ।
यस्तै, उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना बिजयी भएका छन् । उनले चौतारीका अर्जुन गिरीलाई ५० मतले पराजित गरे। रामप्रसादले १७४ मत ल्याउँदा अर्जुनले १२२ मत ल्याए । महिला उपाध्यक्षमा जमुना वर्षा शर्माले जितिन् ।
जमुनाको पक्षमा १५१ र रबिना आलेको पक्षमा १४३ मत खस्यो । जमुना केशवशरण प्यानलकी हुन् । सचिवमा केशव शरण प्यानलबाट प्रेस चौतारीका माधब बरालले १४ मतले दीपक परियारलाई जिते । माधवले १५५ र दीपकले १४१ मत ल्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार