बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार १९:५६:१३

२६ चैत, मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बिहीबार दिउँसो ११ बसेको प्रदेश सभाको बैठकमा विशेष समयमा ४ जना प्रदेश सभा सदस्यहरुले बोलेपछि माओवादी केन्द्रका सांसदहरूले बैठक अवरुद्ध गर्न खोजेका थिए । उनीहरूले बैठक अवरुद्ध गर्ने संकेत देखाएपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बैठक अर्को सुचना जारी नभएसम्मका लागि स्थगन भएको घोषणा गरेका हुन् ।
बैठकको विशेष समयमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले सरकारले पुर्वाधार, आर्थिक प्राविधिक पारदर्शिताको विश्लेषण नै नगरी एकलौटी ढंगले विद्युतीय बस खरिद गर्न लागेको भन्दै सरकारले जनतालाई सदन मार्फत त्यसको विश्वश्नियताको पुष्टि गर्नुपर्ने बताए ।
यस्तै उनले सरकारले एकलौटी निर्णय गरेर मदन भण्डारी फाउन्डेशनलाई दिएको ५० लाख रुपैयाँको औचित्य समेत पुष्टि गर्न सरकारलाई खबरदारी गरेका छन् । यसैगरी विवेकशील साझा पार्टीका प्रदेश सभा सदस्य रमेश पौडेल ,नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइँ र राप्रपाकी प्रदेश सभा सदस्य रीता माझीले कारोना भाइरसको दोस्रो लहर सुरु भएपछि छिमेकी देश भारतमा संक्रमितको संङख्या बढेको र नेपालमा समेत जोखिम बढिरहँदा प्रदेश सरकारले स्वास्थ्य सतर्कतामा कुनै चासो नदिएको आरोप लागाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरिब ३३ हजार वर्गमिटरमा ढुंगा विछ्याउँदै छ काठमाडौं महानगर
फागुन ९, २०८१ शुक्रबार
लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा
फागुन ९, २०८१ शुक्रबार
बागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
फागुन १४, २०८१ बुधबार
४५ दिनमा ६५ करोडले प्रयागराजस्थित महाकुम्भमा लगाए डुबुल्की
फागुन १४, २०८१ बुधबार
नेपाली बुहारी बनिन् बलिउड अभिनेत्री एवं युट्युबर प्रजक्ता
फागुन १४, २०८१ बुधबार