देउवाको पहलमा सत्ता समीकरणको निर्णायक बार्तामा तीन दल
नेपालबहस संवाददाता
चैत २७, २०७७ शुक्रबार १३:२९:५८
२७ चैत, काठमाडौं । नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज तीन दलको बैठक बोलाएका छन्। पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको करीव एक सातापछि देउवाले आज दिउँसो ३ बजेका लागि तीन दलको बैठक बुढानिलकण्ठमा बोलाएका हुन ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक मूलत सत्ता समीकरण नयाँ सरकार निर्माणका विषयमै केन्द्रीत रहने छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका शीर्ष नेताहरुको उपस्थित रहने शर्माले बताए । देउवाको पछिल्लो कदमले सत्ता समीकरणमा केही नयाँ देखिने संकेत गरेको छ।
एक साता अघि नयाँ सत्ता समीकरणका लागि अग्रसरता लिने कांग्रेस केन्द्रीय समितिले निर्णय लिए पनि कांग्रेस सभापति शेरबहादुर देउवा सत्ता समीकरणका लागि इच्छा देखाएका थिएनन्। तर, अहिले सभापति देउवाले अग्रसरता देखाएका छन्। कांग्रेस केन्द्रीय कमिटीबाट निर्णय भएपछि सत्ता समीकरणबारे छलफल गर्न सबै विपक्षीको संयुक्त बैठक हुन लागेको यो पहिलो पटक हो।
यसअघि दुई पक्षीय छलफल भए पनि ती छलफल निष्कर्षबिहीन बनेका थिए। गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि नै काँग्रेसको एक समूह ओली सरकारलाई विस्थापित गर्नुपर्ने अडानमा लागेको थियो।
त्यतिबेला कांग्रेसले संसद विघटनलाई असंवैधानिक भन्दै सडक आन्दोलन गरे पनि सभापति देउवा भने मध्यावधि चुनाव देश जानु उपयुक्त हुने बताउदै आएका थिए । सत्ता समीकरणको निर्णायाक शक्तीको रुपमा जसपा रहेको छ । जसपा पनि ओलीले आफ्नो पक्षमा राखि राख्न प्रयास जारी राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार