सूर्य नेपालद्वारा म्याग्दे गाउँपालिकालाई एम्बुलेन्स सहयोग
नेपालबहस संवाददाता
चैत २७, २०७७ शुक्रबार १४:८:४४
२७ चैत, दमौली । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले तनहुँको म्याग्दे गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व वहनअन्तर्गत सूर्य नेपालले गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले गाउँपालिकाका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेलाई बिहीबार एम्बुलेन्सको साँचो हस्तान्तरण गरे ।
कारखानाका व्यवस्थापक कार्कीले सामाजिक उत्तरदायित्व वहनअन्तर्गत कम्पनीले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो । उहाँले यस क्षेत्रको समग्र विकासका लागि स्थानीयवासीसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए । गाउँपालिकाका अध्यक्ष रानाले कम्पनीले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै एम्बुलेन्सले सर्वसाधारणलाई सहजरूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने बताए । रानाले सूर्य नेपालबाट यस क्षेत्रमा भइरहेको सहयोगको उच्च मूल्याङ्कन गर्दै भविष्यमा समेत यस्तै सहयोगको अपेक्षा गरे ।
अब म्याग्दे गाउँपालिकामा दुईवटा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । यस अगाडि गाउँपालिकाले आफैँले पनि एम्बुलेन्स खरिद गरेको थियो । दुईवटा एम्बुलेन्स भएसँगै गाउँपालिकाका ग्रामीण भेगका सर्वसाधारणले सहजरूपमा सेवा पाउने गाउँपालिकाका प्रशासन शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए ।
सूर्य नेपालले विसं २०७७ असोज १४ गते शुक्लागण्डकी नगरपालिकालाई पनि एम्बुलेन्स हस्तान्तरण गरेको थियो । सूर्य नेपालले विगत लामो समयदेखि शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा अन्य सामाजिक विकासका विभिन्न क्षेत्रमा थुप्रै सहयोग गर्दै आइरहेको छ । सूर्य नेपालले विसं २०४३ देखि सिमरामा चुरोट उत्पादन गर्दै आएको छ । तराईमा असुरक्षा महसुस गर्दै कम्पनीले छ वर्ष अगाडि तनहुँको शुक्लागण्डकी नगरपालिकामा उद्योग स्थापना गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने
असोज १७, २०८१ बिहिबार
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार