स्थानीय भाषा जान्ने गणक खटाउनुपर्ने
नेपालबहस संवाददाता
चैत २७, २०७७ शुक्रबार १६:३२:३३
२७ चैत,मोरङ । राष्ट्रिय जनगणना–२०७८ मा स्थानीय भाषा बोल्ने बाहुल्य भएका क्षेत्रमा सोही भाषीका गणक खटाउनु सहभागीहरुले सुझाव दिएका छन् । जिल्ला जनगणना कार्यालय क र ख द्वारा बिहीबार आयोजित जिल्लास्तरीय सचेतना गोष्ठीमा सहभागीले गणकलाई खटाउँदा अनुगमन गर्नुपर्ने, सार्वजनिक सूचना सम्प्रेषण गर्नुपर्ने, विराट राजवंंशीको भाषा, जातिको समूह जनाउने कोलम राख्नुपर्ने र स्वास्थ्य सम्बन्धमा दीर्घरोगीका विषयमा आवश्यक कोलम राख्नुपर्नेजस्ता सुझाव दिएका थिए ।
केन्द्रीय तथ्याङ्क विभागका निर्देशक रामहरि गैरेले राष्ट्रिय जनगणना–२०७८ संक्षिप्त जानकारी एवं तयारी कार्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै आउँदो जनगणनामा ७० लाख घरपरिवार र तीन करोड जनसङ्ख्या हुने अनुमान व्यक्त गरे । मोरङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला जनगणना संयोजक कोषहरि निरौलाले जनगणनाले जनसङ्ख्या, धर्म, संस्कृति, भाषालगायतका क्षेत्रका समानुपातिक, समावेशी सिद्धान्तका रूपमा राज्यलाई सही तथ्याङ्कक उपलब्ध हुने विचार व्यक्त गरे ।
प्रदेश जनगणना कार्यालयका निर्देशक तीर्थराज बरालले जनगणना विधि, अवधारणा र परिभाषा विषयमा कार्यपत्र प्रस्तुत गर्दै वैज्ञानिक विधिमार्फत गणकको छनोट गरिएको र स्थानीयवासीलाई प्राथमिकता दिइएको बताए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले मूलघरबाट अन्यत्र बहाल वा कार्यको कारणवश बसेकाका परिवारका सदस्यका सम्बन्धमा गणना दोहोरिने सम्बन्धमा सचेत हुन जरुरी रहेको धारणा राखे । गोष्ठीमा निजामती कर्मचारी, विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाथीसँग फुटबल खेलेर फर्कने क्रममा खोलाले बगाउँदा दुई बेपत्ता
असार १३, २०८१ बिहिबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
असार १७, २०८१ सोमबार
खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका उमेश खत्री
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
पहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
प्रतिनिधि सभा बैठक : आज गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने
असार १७, २०८१ सोमबार