तपाईको आजको राशिफल कस्तो छ ?
नेपालबहस संवाददाता
चैत २८, २०७७ शनिबार ११:१७:३६
वि.सं. २०७७ साल चैत्र २८ गते । शनिबार । इ.स.२०२१ अप्रिल १० तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११४१ । चैत्र कृष्णपक्ष । तिथी– चतुर्दशी,अहोरात्र । नक्षत्र–पूर्वाभाद्रपदा, ०७ बजेर २९ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–ब्रम्ह,१४ बजेर १५ मिनेट उप्रान्त ऐन्द्र । करण–भद्रा,१७ बजेर ३२ मिनेट उप्रान्त शकुनि । आनन्दादिमा–काल योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेटमा,सूर्यास्त १८ बजेर २५ मिनेटमा । दिनमान ३१ घडी ३६ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- कर्म क्षेत्रमा आउने बिवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाईदाको लागी अली बढि मेहनेत गर्नुपर्नेछ । तरपनि लामो दुरिको विदेश यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- बिद्यामा राम्रो प्रगती हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममूखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेश्ट धन आर्जन हुने ग्रह योग रहेकोछ । नयाँ सवारीसाधन तथा मन परेको भौतिक सम्पती लाभ हुने गतिलो सम्भावना रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यापारमा थोरै समय दिदापनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाईलेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गित संगित तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्ने हरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- समयमा घर परिवार तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेकोछ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । तरपनि नाँफामुलक व्यावसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ । धर्म सस्कृती तथा यस्तै क्रिर्याकलापमा दिन बित्ने योग रहेकोछ । अध्ययन तथा अध्यापनको शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानसिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाईलेखाई तपाईकाे आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाडै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । बिधिबिधान तथा कानुन सम्बत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा यात्रा हुनेछ । पर्यटन तथा यात्रासँग सम्बन्धीत क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पतिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडिहरुका लागी समयले साथ दिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरू पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुनेछन् । पढाईलेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउने तथा विजयको योग रहेकोछ । व्यापार व्यवसायमा प्रशस्त नाँफा कमाउन सकिनेछ भने व्यवसायमा लगानि बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । मायाप्रेममा सामिप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- सवारीसाधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरु साघुरिनेछन् । मायाप्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- मायाप्रेममा बिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाईलेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ । तरपनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- दौडधुप तथा लामो खटाईले मात्र कामरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईको पक्षमा नआउने तथा नया बिवादमा फस्ने योग रहेकोछ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागी फाईदा हुनेछ । आफुभन्दा ठुला तथा प्रतिष्ठित व्यक्तिहरुसँग बिवाद बढ्ने योग रहेकोछ । तरपनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- कामको सवालमा आफ्नै मानिससँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने प्रतिस्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । प्रशस्त समय लगानी गरेपनि समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मायाप्रेममा धोका हुन हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- भौतिक बस्तुको प्रयोग गर्न पाईने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथिभाईहरु खुशि हुनेछन् । पढाईलेखाईमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानिका स्रोत बढाउन सकिनेछ भने व्यापारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसि रहनेछन् । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार