आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको प्रवेश परीक्षा असारमा
नेपालबहस संवाददाता
चैत २८, २०७७ शनिबार १२:३१:५०
२८ चैत, काठमाडौं । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१ को पहिलो चरणको परीक्षा आगामी असार १२ गते शनिबार हुने भएको छ । यही चैत २८ गते परीक्षा गर्ने सम्पूर्ण तयारी पूरा भइसकेकामा देशका विभिन्न स्थानबाट शिक्षक तथा विद्यार्थीले कोभिड–१९ ले सिर्जना गरेको परिस्थितिमा भाग लिन नसक्ने जानकारी गराएपछि केही समय सारिएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
देशभर परीक्षाका तयारी भए पनि कोरोना महामारी पुनः फैलन थालेकाले पछि सार्न अनुरोध भएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पहिलो चरणमा सहभागी विद्यार्थीको अन्तर्राष्ट्रिय सहभागिताको अवसर नगुम्ने गरी आउँदो असार १२ गते शनिबार परीक्षा सञ्चालन गर्ने निर्णय सोसाइटीको बैठकले गरेको उनले बताए।
यो निर्णयसँगै परीक्षाको आवेदन पुनः खुलाइएको छ । बैठकले आवेदन दिने अन्तिम मिति आउँदो असार ५ गतेसम्म कायम गरेको छ । इच्छुक विद्यार्थीले आफ्ना विद्यालय तथा विज्ञान शिक्षकमार्फत् वा सोझै सोसाइटीका प्रदेश संयोजकलाई आफ्ना आवेदन दिन सक्नेछन् । यसो गर्न पनि सम्भव नहुने विद्यार्थीको हकमा इमेलमार्फत आवेदन दर्ता गराउन सकिने व्यवस्था समेत गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
कात्तिक ११, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुला जिप दुर्घटनामा मृतकको संख्या ८ पुग्यो (अपडेट)
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
राष्ट्रपति पौडेल दोहाबाट काठमाडौंका लागि प्रस्थान
कात्तिक ३०, २०८१ शुक्रबार
नेपालले आज ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै
कात्तिक ३०, २०८१ शुक्रबार
मिर्गौलापीडित वडाध्यक्ष साहको निधन
कात्तिक ३०, २०८१ शुक्रबार