केही दिनभित्र नयाँ सरकार गठन हुने प्रचण्डको दाबी
नेपालबहस संवाददाता
चैत २८, २०७७ शनिबार १८:५८:११
२८ चैत्र, काठमाडौं। प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको नेतृत्वमा तीन दलको बैठक बसेको भोलिपल्ट नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै नयाँ सरकार गठन हुने दाबी गरेका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् बैठकलाई संवोधन गर्दै ‘प्रचण्ड’ले परिस्थिति सहज नभएपनि छिटै नयाँ सरकार गठन गरेर अगाडि बढ्ने बताएका हुन् ।
‘केही दिनभित्र नयाँ सरकार गठन हुन्छ । कालो बादल हट्छ भन्नेमा म आशावादी छु । त्यो प्रयासमा हामी निरन्तर प्रयासरत छौं,’ दाहालले भने ।अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने काम गरेर विचार, धारणा मिलेकालाई जबरजस्ती डिभोर्स गराउने काम गरेको उनले बताए । नयाँ सरकार गठन गरेर नयाँ सरकारमार्फत यसबीचमा भएका ज्यादतीलाई सच्याउन प्रचण्डले बताएका छन् ।
जसपाले पनि सरकारको दाबा गरेको प्रति प्रतिसंकेत गर्दै उनले अहिले सरकार कसको नेतृत्वमा हुने र प्रधानमन्त्री को हुने भन्ने कुरा गौण भएको तर परिस्थिति सहज भइनसकेको बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार सरकार गठनका विषयमा माओवादी र जनता समाजवादी पार्टीका नेताहरूलाई बोलाएर छलफल गरेका थिए । तर छलफल निश्कर्षमा पुग्न सकेको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार