निशुल्क आँखा शिविरमा ९४८ जनाको उपचार
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १६:३:२१
२९ चैत,खोटाङ । दिक्तेलमा सम्पन्न तीनदिने निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा करिब एक हजार आँखाका बिरामीले सेवा लिएका छन् । दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङमा आयोजना गरिएको आँखा उपचार शिविरमा १४२ को शल्यक्रिया, १३५ लाई चश्मा वितरण तथा ८०४ जना आँखाका बिरामीले साधारण उपचार र निःशुल्क औषधि पाएका छन् ।
यही चैत २६ गतेदेखि सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा जिल्लाका २०० ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मासमेत वितरण गरिएको जनाइएको छ । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा खोटाङको आयोजना तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।
उपचारमा आएका बिरामीलाई खाना तथा बासको समेत व्यवस्था गरिएको शिविरमा आँखा अस्पताल लहानका शल्य चिकित्सक डा महेश्वर चौधरीको नेतृत्वमा १३ स्वास्थ्यकर्मीको टोली आएको थियो । शिविरमा आएका अधिकांश आँखाका बिरामीमा मोतियाविन्दुको समस्या देखिएको आयोजक नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूले जानकारी दिए ।
आफ्नै जिल्लामा निःशुल्क शल्यक्रियासहित आँखा उपचार शिविर सञ्चालन भएपछि आँखाका बिरामी लाभान्वित भएका छन् । विगत चार वर्षदेखि मोतियाविन्दुका कारण बन्द रहेको आँखाले शल्यक्रियापछि देख्न थालेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ९० वर्षीया रामशोभा राईले बताईन ।
दिक्तेलमा आयोजना गरिएको शिविरमा जिल्लाका १० वटै स्थानीय तह तथा छिमेकी जिल्ला भोजपुरका बिरामीसमेत सहभागी भएको आयोजकले जनाएको छ । शिविरमा जिल्लास्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङसहित विभिन्न सङ्घसंस्थाका पदाधिकारीले स्वयंसेवकका रूपमा सहयोग गरेका थिए । यसअघि रावाबेँसी गाउँपालिकामा आयोजना गरिएको शिविरमा ७२५ जनाको उपचार गरिएको थियो । गाउँपालिकाको आर्थिक सहयोगमा यही चैत २१, २२ र २३ गते सञ्चालन गरिएको शिविरमा ४२ जनाको शल्यक्रिया गरिएको जनाइएको छ ।
नेत्रज्योति संघले जिल्लाका अन्य स्थानीय तहमा समेत यसै वर्ष निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविर सञ्चालन गरेको थियो । विसं २०६० मा स्थापना भएको संघले हरेक वर्ष जिल्लामा निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविर सञ्चालन गर्दै आएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आँखा बिरामीको सङ्ख्या ४४ हजारभन्दा बढी रहेको जनाइएको छ । नेत्रज्योति संघअन्तर्गत आँखा अस्पतालले आर्थिक वर्ष २०७६÷७७ गरेको ¥याप सर्वेक्षणमा उक्त तथ्याङ्क देखिएको हो ।
तथ्याङ्कानुसार जन्मजात दृष्टिदोष, बालअन्धोपन, मोतियाविन्दु, जलविन्दु, खस्रेरोग, भिटामिन एको कमी, रतन्धोलगायतका समस्या देखिएका छन् । विसं २०६८ को जनगणनाअनुसार खोटाङको कूल जनसङ्ख्या दुई लाख छ हजार ३१२ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा हात्तीको त्रास, चालु आवमा छ जनाको मृत्यु
असार १८, २०८१ मंगलबार
साथीसँग फुटबल खेलेर फर्कने क्रममा खोलाले बगाउँदा दुई बेपत्ता
असार १३, २०८१ बिहिबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
असार १८, २०८१ मंगलबार
ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध
असार १९, २०८१ बुधबार
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ५२ प्रतिशत काम
असार १९, २०८१ बुधबार
बागमतीसहित यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना
असार १९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १९, २०८१ बुधबार
नेदरल्याण्डस युरोकपको क्वाटरफाइनलमा
असार १९, २०८१ बुधबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा १२० जनाभन्दा बढीको मृत्यु
असार १८, २०८१ मंगलबार