उद्योग वाणिज्य संघ दमौली बजार एकाइमा भूपाल
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १६:१४:१७
२९ चैत,दमौली । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइको अध्यक्षमा भूपाल आले निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार आले एकाइ अध्यक्षमा निर्वाचित भएका हुन् । नयाँ नेतृत्व चयनका लागि शनिबार दिउँसो मतदान भएको थियो । एक हजार ८५ मध्ये ८३५ ले मतदानमा सहभागिता जनाएका थिए ।
आले २७२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ ९राकु० ले जानकारी दिए । अध्यक्षका प्रतिस्पर्धी सुकनारायण मल्लले २२८, दधिराज घिमिरेले २०९ र विन्दु श्रेष्ठले १०३ मत प्राप्त गरेका थिए ।
यसैगरी एकाइ उपाध्यक्षमा राजेश मल्ल निर्वाचित भएका छन् । उनले ५४१ मत प्राप्त गर्दा प्रतिस्पर्धी विजयराज पौडेलले १९५ मत प्राप्त गरेका छन् । एकाइ कोषाध्यक्षमा किनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनले २५८ मत प्राप्त गरे । प्रतिस्पर्धी भरतकुमार श्रेष्ठले २३९, अन्जु दाहालले २०५ र हर्षमान श्रेष्ठले ८६ मत प्राप्त गरे ।
जिल्ला प्रतिनिधिमा महेश मल्ल ६०९, रमेश श्रेष्ठ ५४४, एकप्रसाद श्रेष्ठ ५४९, किशोर श्रेष्ठ ५३६ र प्रकाशचन्द्र हड्खले ५२६ मत प्राप्त गरी विजयी भएका छन् । एकाइ सदस्यमा भरत पराजुली (४९४), विष्णुकुमार श्रेष्ठ (५२८), ब्रजेश शाह (५५९), दिलबहादुर दरै (६०५), दीपक राई (४४८), कमल गिरी (५३३), लालप्रसाद प्रधान (५१५), महमद सलिम मियाँ (६०८), नारायण मल्ल (५८१), प्रकाश श्रेष्ठ (५६९), राजेन्द्र श्रेष्ठ (५१९), राजकुमार श्रेष्ठ (५२९), सुनिल श्रेष्ठ (५७६) र युवराज भण्डारी (४९०) मत प्राप्त गरी विजयी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
आर्थिक मन्दीको असरले रुपन्देहीमा २०७ उद्योग बन्द
जेठ १४, २०८१ सोमबार
भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे
जेठ १६, २०८१ बुधबार
वीरगन्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार
जेठ १६, २०८१ बुधबार
भारतको मिजोरममा रेमल आँधीका कारण २७ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
महासचिव गुटेरेससँग सचिव लम्सालको भेट
जेठ १६, २०८१ बुधबार
नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन
जेठ १६, २०८१ बुधबार