अनुगमनका लागि कर्णाली स्वास्थ्य प्रतिष्ठानमा पुग्यो आयोगको टोली
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १६:३०:१३
२९ चैत,खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चिकित्सा शिक्षा आयोगको टोली पुगेको छ । कर्णाली प्रतिष्ठानमा एमबिबीएस अध्ययनका लागि आवश्यक तयारीबारे अनुगमन गर्न डा. सतीशकुमार देव नेतृत्वको टोली कर्णालीमा पुगेको हो ।
डा. कालुसिंह खत्री, डा.पवन हमाल, डा.प्रकाश थापा, डा. प्रतीक ज्ञवाली र नेपालगञ्ज नर्सिङ क्याम्पसका एक प्रतिनिधिसहितको टोली जुम्ला पुगेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । टोलीले जुम्लामा एमबिबीएस पठनपाठनका लागि चाहिने बिरामी सङ्ख्या, अस्पतालको अवस्था, अस्पतालले गर्ने सेवाप्रवाहको अवस्था, शिक्षक, कक्षाकोठा, आधारभूत विज्ञानका लागि आवश्यक भौतिक संरचना र ल्याब तथा उपकरणको अनुगमन गर्नेछ ।
प्रतिष्ठानका रजिस्ट्रार काफ्ले भने, “एमबिबीएस पठनपाठनका लागि आवश्यक तयारी पूरा भइसकेको छ । पाँच महिनादेखि चिकित्सा शिक्षा आयोग टोलीको प्रतीक्षामा थियौँ । कोरोनाका कारण ढिलो भयो ।” टोलीले कर्णाली प्रतिष्ठानको स्थलगत अनुगमनपछि प्रतिवेदन तयार पारेर आयोगमा पेश गरेपछि सिट निर्धारण गर्नेछ । यही शैक्षिक सत्रबाट पठनपाठन शुरु हुने तयारीका साथ काम भएको प्रतिष्ठानका रजिस्ट्रार काफ्लेले बताए ।
एमबिबीएस पढाइ शुरु गर्नका लागि आवश्यक तयारी भइरहेको प्रतिष्ठानका रेक्टर डा. निरेश थापाले बताए । उनले भने, “सकेजतिको सबै तयारी भइरहेको छ, आशा छ यही शैक्षिक सत्रदेखि एमबिबीएस पढाउनका लागि आयोगले अनुमति दिनेछ ।”
एमबिबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको टोली जुम्ला पुगेपछि कर्णालीवासी उत्साहित छन् । यहाँ अध्ययन गरेका चिकित्सकले स्वास्थ्य शिक्षा लिएर स्वास्थ्य सेवा दिन पाउने भएकामा कर्णालीवासी खुशी भएको प्रतिष्ठानका रेक्टर डा. थापाले बताए ।
कर्णालीमा एमबिबीएस पठनपाठन शुरु हुनु निकै खुशीको विषय भएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत बताउछन् । उनले भने, “एक त कर्णालीमा चिकित्सक पढ्न सुगमका विद्यार्थी आउने भए । कर्णालीका युवाले चिकित्सक पढ्न जिल्लाबाहिर महङ्गो खर्चेर जानुपरेन । कर्णालीबाट स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा फैलाउने कार्य हुनुले दुर्गमताको पहिचान हटाएर सुगमतातिर फर्किएको आभाष दिलाएको छ ।”
चिकित्सा शिक्षा ऐनअनुसार यहाँ पढ्ने विद्यार्थीले अनिवार्य दुई वर्ष प्रतिष्ठानले खटाएको क्षेत्रमा सेवा गर्नु पर्नेछ । स्वास्थ्य सेवा, जनशक्ति र समग्र विकासका लागि फाइदाजनक नै हुनेछ । यस क्षेत्र स्वास्थ्य पर्यटनको ‘हब’ बन्न सक्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
चिकित्सा शिक्षा आयोगको टोली जुम्ला पुगिसकेकाले कर्णालीमा एमबिबीएस अध्ययनका लागि आशा जागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मङ्गल रावल बताउछन् । उनले भने, “टोली जुम्ला पुगेको छ, हामीले जति सकेका छौँ, कुनै कसुर बाँकी नराखेर काम गरेका छौँ । आइतबारदेखि अनुगमन हुनेछ । यो कर्णालीका लागि शुभसङ्केत हो ।”
स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानलाई टेवा पु¥याउनका लागि एमबिबीएस पठनपाठनले निकै मद्दत पुग्नेछ । “एमबिबीएस मेडिकल कलेजको आधार हो । एमबिबीएस पठनपाठनले मेडिकल कलेज भएको प्रमाणित गर्छ । अब निकट भविष्यमै कर्णालीमा एमबिबीएस पठनपाठन शुरु हुने अपेक्षा गरिएको छ”, उपकुलपति रावलले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार