डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग

नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार २२:५०:२२

२९ चैत, काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा लिन हेलीकोप्टर उँडाइएको छ । आज आइतबार बिहान करिब ११ बजे डढेलो लागेको अनुमान गरिएको छ । बुढानीलकण्ठ नगरपालिका–१ को तौलुङ क्षेत्रबाट आगलागी सुरु भएको बताइएको छ ।
आइतबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरिरहेको छन् ।
डढेलो नियन्त्रणमा लिन समस्या भएपछि हेलीकोप्टरमार्फत पानी खसालिएको छ । सिम्रिक एयरको हेलीकोप्टर उँडाएर पानी खसालिएको हो । सुन्दरीजलबाट पानी ल्याएर डढेलो नियन्त्रणको प्रयास गरिएको छ ।
हेलिकोप्टरले एक पटकमा ५ सय लिटर पानी बोक्न मिल्छ । दमकलले भेट्ने ठाउँबाहेकका क्षेत्रमा हेलिकोप्टरबाट पानी हालिएको हो । प्रहरीका अनुसार डढेलो वस्ती छेऊमा आउन लागेकाले त्यसक्षेत्रमा दमकल राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
फागुन ११, २०८१ आइतबार
पृतनापति समन्वयात्मक बैठक सुरु
फागुन ८, २०८१ बिहिबार
घाइते महिलाको हेलिकोप्टरमार्फत उद्धार
फागुन ४, २०८१ आइतबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा
फागुन १३, २०८१ मंगलबार
ललितपुरको इमाडोलमा आगलागी
फागुन १३, २०८१ मंगलबार
प्रधानमन्त्री ओली पशुपतिमा, महाशिवरात्रीमा सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर (फोटो फिचर)
फागुन १३, २०८१ मंगलबार
स्वास्थ्य सचिवका लागि ३ जनाको नाम सिफारिस
फागुन १३, २०८१ मंगलबार
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’ हुने
फागुन १३, २०८१ मंगलबार