विदेशमा कोरोनाबाट ६६ हजार १९ जना नेपाली संक्रमित: एनआरएनए
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार २३:६:२६
२९ चैत, लण्डन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड-१९’ को संक्रमणबाट विदेशमा रहेका ६६ हजार १९ जना नेपाली संक्रमित भएका छन् । तीमध्ये ६३ हजार ४ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमित संख्याको ९५ दशमलव ५ प्रतिशत हो ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपालीहरु कोरोनाबाट संक्रमित भएका हुन् । गैरआवासीय नेपाली संघका अनुसार कोरोना भाइरसका कारण अफ्रिका, युरोप, एसिया, अष्ट्रेलिया, अमेरिका लगायतमा रहेका २३ देशमा ३ सय ४९ जना नेपालीको कोरोनाका कारणले नेपालीहरुको निधन भएको छ ।
यो साता कोराना भाइरसको कारणले विदेशमा निधन हुने नेपालीको शून्य रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। सन्जिव सापकोटाले जानकारी दिए । शनिवार साँझसम्म स्पेन, पोल्याण्ड, चेक रिपब्लिका, जापान, मलेसिया, यूएई र कतारमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नेपालमा शनिवार साँझसम्म २ लाख ७९ हजार ७ सय २५ जनामा संक्रमण पुष्टि भएकामध्ये ९७ दशमलव ९ प्रतिशत अर्थात २ लाख ७३ हजार ८ सय ८६ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य समितिले पछिल्लो समय संक्रमणदर बढ्दै गएको भन्दै भौतिक दुरी कायम राख्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । विशेषतः भारत लगायतका यूरोपेली मुलुकसहित नेपालमा पनि नयाँ स्वरुपको कोरोना भाइरस देखा परेकोले सावधानी नअपनाए पुनः भयावह अवस्था आउन सक्ने भन्दै समितिका संयोजक सापकोटाले स्वास्थ्य मापदण्ड अपनाउनु नै उत्तम विकल्प भएको बताए।
कोरोना विरुद्धको खोप अझै सहज रुपमा उपलब्ध नभएको र अझै बहुसंख्यक मानिस खोपको पहुँचमा नरहेको भन्दै डा सापकोटाले मास्क लगाउने, हात धुने, दुरी कायम गर्ने र विगतको अनुभवबाट सिकेर सावधान रहनुपर्नेमा जोड दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार