अभियानमा काम गर्न पाउदा उत्साहित छन्, जयनन्द !
नेपालबहस संवाददाता
चैत २९, २०७७ सोमबार ०:२:८
२९ चैत, ईटहरि । यतिबेला चलचित्र अभियानको छायांकन धमाधम भइरहेको छ । धनकुटाको हिले भन्दा केही उत्तरमा रहेको उत्तरपानी भन्ने स्थानमा चलचित्रको छायांकन भइरहेको छ । करिव ६० प्रतिशत छायांकन सम्पन्न भएको निर्देशक लाखमान योन्जनले जानकारी दिए । हामीले करिव ६० प्रतिशत छायांकन सकेका छौँ अब केही दिनको धनकुटा बसाई पछी बाकी केही अंश काभ्रेमा छायांकन गर्ने तयारीमा छौँ निर्देशक योन्जनको भनाई थियो । काभ्रेसँगै रसुवा तथा इलाममा पनि चलचित्रको छायांकन हुने छ ।
ऎतिहासिक तामाङ थाकथलो किपट को कथामा निर्माण भएको चलचित्रमा प्रमुख भूमिकामा जयनन्द लामा, अमर पाख्रिन तामाङ, दावा फिन्जो तामाङ, श्याम माया तामाङ, रश्मिला वाइवा तामाङ, रितेश जंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला ‘डिकु’, मदन राइ, सम्भु योञ्जन तामाङ, गजम घिसिङ्ग, कमल राइ, मेनुका राइ, कुमारी लिम्बु, कृष्ण काफ्ले, सन्तोस राइ, नुनु बोम्जन तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्र अभियानका विषयमा कुरा गर्दै चलचित्रका मुख्य कलाकार जयनन्द लामाले ऎतिहासिक चलचित्रमा अफुले पनि काम गर्न पाउदा उत्साहित भएको प्रतिकृया दिए । ‘चलचित्र मन पराउने या नपराउने भन्ने दार्शकको हातको कुरा हो, तर म ऎतिहासिक चलचित्र अभियानको। मुख्य कलाकार बन्न पाउदा अत्यन्तै खुसी छु, यो मेरा लागी पनि एउटा अवसर हो,’ कलाकार लामाले भने ।
चलचित्र अभियानमा आफु बिल्कुलै फरक अवतारमा प्रस्तुत भएको कलाकार दिनेश कोइरालाले बताए । यस चलचित्रमा कोइरालाले भिलेनको भुमिका निर्वाह गरेका छन् । चलचित्र अभियान कोशी भिजनको ब्यानरमा निर्माण भइरहेको छ । चलचित्रको निर्देशन लाखमान योन्जनले गरिरहेका छन् भने चलचित्रको कथा पनि निर्देशक योन्जनले नै लेखेका हुन् । चलचित्रमा द्वन्द निर्देशन राजेश लेप्चाले गरेका छन् । चलचित्रमा सुमन तामाङको छायांकन रहेको छ भने चलचित्रको सम्पादन हेमन तामाङको रहने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार