खोटाङमा हिरासत पुस्तकालय स्थापना गर्ने अभियान शुरु
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार १५:५८:१२
३० चैत, खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङमा ‘हिरासत पुस्तकालय’ स्थापना गर्ने अभियान शुरु गरिएको छ । विभिन्न मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न हिरासतमा राखिने थुनुवालाई अध्ययनमा संलग्न गराउँदै उनीहरुको सोचमा सकारात्मक विकास गराउने उद्देश्यले पुस्तकालय स्थापनाको अभियान शुरु गरिएको हो ।
भर्खरै स्थापना गरिएको पुस्तकालयका लागि आवश्यक पुस्तक सङ्कलन हुनेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । पुस्तकालयका लागि जिल्ला निर्वाचन अधिकारी कोपिला राईले १८, राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलले १४, जिल्ला प्रशासन कार्यालय खोटाङले नौँ, बिन्दु अधिकारी ढकालले तीन, प्रहरी निरीक्षक सागर साहले सात र प्रहरी सहायक निरीक्षक हरिकुमार पौडेलले दुई थान पुस्तक प्रदान गरिसकेको छ ।
प्रहरी कार्यालयको हिरासत अगाडि स्थापना गरिएको पुस्तकालयलाई सहयोग स्वरुप गत शुक्रबार एकै दिन ३१ थान पुस्तक प्राप्त भएको प्रवक्ता एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिए । प्रवक्ता साहका अनुसार पुस्तकालयका लागि हलेसी खबर डटकमका सम्पादक हरिबोल आचार्यले रु पाँच हजार मूल्य बराबरको १९ थान तथा अधिवक्ता ओमप्रकाश घिमिरेले १२ थान पुस्तक प्रदान गरेको छ ।
“शिक्षा अभावकै कारण अधिकांश मानिसले आपराधिक क्रियाकलाप गरेको पाइन्छ”, पत्रकार आचार्यले भने, “आपराधिक क्रियाकलापमा संलग्न भएर पक्राउ परेका पनि हिरासतमा रहेको समयमा पुस्तक अध्ययन गरेर सचेत बनुन भन्ने उद्देश्यले पुस्तकालयका लागि ज्ञानवद्र्धक पुस्तक सहयोग गरिएको हो ।”
प्रहरी कार्यालयमा स्थापना गरिएको पुस्तकालयका लागि आवश्यक पुस्तक उपलब्ध गराउन जिल्लास्थित विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति तथा सङ्घसंस्थासमेतले तयारी गरिरहेको छ । हिरासतमा बसेर खाली समय बिताइरहेका थुनुवालाई समयको सदुपयोग गर्ने वातावरण निर्माण गर्दै उनीहरुको मानसिकतामा सकरात्मक परिवर्तन ल्याउन पुस्तकालयको अवधारणा अघि सारिएको प्रनाउ चिमरियाले बताए । “प्रहरी कार्यालयमा पुस्तकालय स्थापनाका लागि केन्द्रबाट छुट्टै बजेट त आएको छैन”, उनले भने, “तर, हिरासतमा बसेका थुनुवालाई समय कटाउने व्यवस्था तथा आपराधिक क्रियाकलापमा संलग्न हुँदा भोग्नुपर्ने सजाय लगायत कानूनी प्रावधानहको विषयमा जानकारी दिने उद्देश्यले दाताकै सहयोगमा पुस्तकालय स्थापना अभियान शुरु गरिएको हो ।”
जो सुकैले आफूले अध्ययन गरिसकेका पुस्तक वा नयाँ पुस्तक उपलब्ध गराएर प्रहरीको सो पुस्तकालय स्थापना गर्ने अभियानमा सहभागी हुन पाउने व्यवस्था मिलाइएको छ । पुस्तक उपलब्ध गराउने व्यक्तिको नाम, ठेगाना र मिति उल्लेख गरेर दर्ता गर्ने व्यवस्था मिलाइएको प्रहरी निरीक्षक साहले बताए ।
यस्तै, पुस्तक अध्ययन गर्न चाहने थुनुवाको नाम, मुद्दाको प्रकृति, पुस्तक लगेको मिति, फिर्ता गरेको मिति उल्लेखीत रेकर्ड राख्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ । हिरासतमा पुस्तक अध्ययन गर्ने बानी परेका व्यक्ति हिरासतमुक्त भएपछिसमेत अध्ययनमा सहभागी भएको पाइएको प्रहरीले जनाएको छ । हिरासत नजिकै स्थापना गरिएको पुस्तकालयमा विभिन्न विधाका कम्तीमा पनि एक हजार पुस्तक जुटाउने लक्ष्य राखिएको प्रहरीले जनाएको छ । पुस्तकालयमा राजनीतिबाहेक सबै विषयका पुस्तक रहने जनाइएको छ ।
जिल्ला कारागार खोटाङमा कैदीबन्दीका लागिसमेत यसअघि पुस्तकालय स्थापना गरिएको थियो । कारागारमा स्थापना गरिएको पुस्तकालयलाई समेत जिल्लावासी तथा विभिन्न सङ्घसंस्थाले निःशुल्क पुस्तक उपलब्ध गराइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
कोशीमा स्वास्थ्य क्षेत्रमा साढे ३ अर्बको बजेट
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार