कालीकोटका ६० सामुदायिक वनमा आगलागी
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार १७:२२:९
३० चैत,मान्म । कालीकोट जिल्लाका ६० वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ । जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप भएपछि पूरै वन क्षेत्र काला पहाडमा परिणत भएको छ ।
जिल्ला वन कार्यालय कालीकोटका निमित्त प्रमुख दीपकराज सन्ज्यालले भने, “रोकथामका लागि कर्मचारी खटाइएको छ । कति बेला कहाँ आगलागी हुन्छ पत्तै हुँदैन ।” धेरै कर्मचारी आगलागी भएको क्षेत्रमा खटिएको र कति हेक्टर क्षेत्रफलमा आगलागी भयो भनेर यथार्थ तथ्याङ्क लिने काम भइरहेको उनले भने ।
प्रारम्भिक विवरणअनुसार करीब २०० हेक्टरमा आगलागी भएको छ । सबै कर्मचारी फिल्डबाट फर्किएपछि यथार्थ तथ्याङ्क आउने निमिक्त प्रमुख सन्ज्यालले बताए । कालीकोटमा हाल २२० वटा सामुदायिक वन छन् । उपभोक्ताको असावधानीका कारणले सामुदायिक तथा सरकारी वनमा आगलागी भइरहेको छ ।
आगलागी भएका कारणले कालीकोटका वायु प्रदूषण बढेको त्यसले बुढाबुढी तथा बालबालिकालाई असर गर्ने जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिए । उनले मास्क लगाउन र अनाश्यक घर बाहिर नकिस्कन सबैलाई आग्रह गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुगुमा हतियार देखाउँदै सिँगै गाउँ लुट्ने समूहका ३ जना पक्राउ, ५ अझै फरार
असार २३, २०८१ आइतबार
तिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न
असार १८, २०८१ मंगलबार
ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध
असार १४, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार