कुमारी बैंकको शान्तिनगर तरकारी बजारमा क्युआर कोड सेवा विस्तार
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार १८:२:२६
३० चैत, काठमाडौं । कुमारी बैंक लिमिटेडले तिनकुने, शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ ।
आइतबार बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको सभापतित्व तथा पशुपति एग्रो मार्टका अध्यक्ष राजु कुमार खत्रीको प्रमुख आतिथ्यमा, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत आमन्त्रित अतिथिगणको उपस्थितिमा सो क्युआर कोड सेवा शुभारम्भ गरिएकाे हाे ।
बैंकले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एप मार्फत क्युआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दैे आईरहेको छ ।
“यस क्युआर प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने/चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाईदाहरु रहेका छन् ।
त्यसैगरी, व्यवसायीहरु हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैंक धाई राख्नुपर्र्नेेे तथा खुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुनेछन् । उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि लाग्ने छैन ”, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए ।
क्यू आर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गईरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त छ । डिजिटल भुक्तानीमा विश्वसनियता बढाउन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्न बैंकले समय समयमा डिजिटल कारोबार सम्बन्धी सचेतना कार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।
हालसम्म यस बैंकले ८००० भन्दा बढी व्यापारीहरु Fonepay QR डिजिटल भुक्तानी प्रकृयामा आबद्ध गराईसकेको छ । बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६५ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
रत्नेचौर–भकुण्डे–भकिम्ली सडकको ७० प्रतिशत प्रगति
मंसिर २६, २०८१ बुधबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार