तत्काल विद्यालय बन्द नगर्न मन्त्रालयलाई प्याब्सनकाे सुझाव

नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार १८:१६:४८

३० चैत, काठमाडौं । कोरोनाको दोस्रो लहरले मुलुक फेरि आक्रान्त बनेपछि सरकारले विद्यालय तहको पठनपाठन रोक्ने तयारी गरेपनि निजी क्षेत्रको छाता संगठन प्याब्सन भने त्यसको विपक्षमा उभिएको छ । आज बिहान सरकारले सरोकारवाला पक्षसँग गरेको छलफलमा प्याब्सन पदाधिकारीले उही अडान दोह¥याएका छन् । तर कोरोनाको कहर भने बालबालिकामा बढी देखिएको भन्दै सरकार भने विद्यालय बन्द गराउने नै पक्षमा रहेको छ ।
आजको बैठकमा प्याब्सन अध्यक्ष टीकाराम पुरीले अहिले नै विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको भन्दै बरु सरकारले चाहेकै भए कक्षा पाँचसम्म भने स्थगित गर्न सकिने बताए । स्वास्थ मन्त्रालयले चाहिं यथास्थितिमा विद्यालय सञ्चालन गर्दा जोखिम उच्च हुने भन्दै अनलाइन विधिबाट कक्षा सञ्चालन गर्न सिफारिश गरेको थियो । खासगरी ठूला र भीडभाड हुने सहरहरुमा तत्कालै विद्यालय बन्द गर्न उसले सुझाव दिएको थियो ।
यतिबेला युके भेरिएन्टबाट संक्रमितको संख्या नेपालमा ह्वात्तै बढेको तथ्याङ्कले देखाएको छ । संक्रमितहरुमध्ये ११ देखि २२ वर्ष उमेर समूहका धेरै पाइएको छ । साथै, १० वर्ष मुनिका पनि कुल संक्रमित मध्ये ४ प्रतिसत रहेको देखिएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र एमसीसीले समेत कम्तिमा तीन साताका लागि विद्यालय बन्द राख्न सिफारिश गरेको छ ।
तर निजी क्षेत्रका विद्यालय सञ्चालकहरु भने विरोधमा छन् । आज शिक्षा मन्त्रालयमा भएको छलफलमा प्याब्सनका साथै, एन प्याब्सन,अभिभावक संघ र स्थानीय निकायका पदाधिकारीहरु सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
युएसआईडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी
फागुन ८, २०८१ बिहिबार
दिल्लीमा चौथो महिला मुख्यमन्त्रीको शपथ लिँदै रेखा गुप्ता
फागुन ८, २०८१ बिहिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
आज तोलामा ५ सय बढेर १ लाख ७१ हजार पुग्यो सुन
फागुन ८, २०८१ बिहिबार
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
फागुन ८, २०८१ बिहिबार
पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार