कैलालीमा कोरोना संक्रमणबाट एकको मृत्यु
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार २०:१४:३२
३० चैत,कैलाली । कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण आज मृत्यु भएको छ । कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतबार राति अस्पताल पुगेका उनको नमूना परीक्षण गर्दा कारोना संक्रमणको पुष्टि भएको थियो ।
सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले आइतबार राति भर्ना भएका उनको अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिए । गएको फागुनमा उनी भारतबाट घर फर्किएका थिए । सेती प्रादेशिक अस्पतालमा संक्रमित चार जनाको उपचारको व्यवस्थापन भइरहेको छ । ‘‘संक्रमितमध्ये दुई जनाको भेन्टिलेटरमा र एक जनाको आइसियुमा उपचार भइरहेको छ,’’ सूचना अधिकारी श्रेष्ठले भने, ‘‘फागुन १० गतेयता कोरोनाका कारण हुने मृत्यु दर अस्पतालमा शून्य रहेकामा आज ५० दिनपछि एक जना संक्रमितको मृत्यु भएको हो ।’’
पछिल्ला हप्तामा भारतमा यो रोगको संक्रमण र मृत्यु दर बढेसँगै नेपालमा यो रोग फैलिने जोखिम देखिएको छ । सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोनाको संक्रमण बढेसँगै त्यहाँका शैक्षिक संस्था बन्द गरिएको छ ।
महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचाररत एक जना सङ्क्रमितको पनि केही दिनअघि मृत्यु भएको थियो । रोग फैलिन नदिन सचेतना कार्यक्रम सञ्चालन भइरहेको भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा भइरहेको लापरवाहीले कोरोना भाइरसको जोखिम बढ्ने देखिएको श्रेष्ठले बताए । मास्क नलगाई हिँड्ने, एक आपसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । पछिल्ला दिनमा प्रदेशमा यो रोगको संक्रमण दर बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार पछिल्लो तीन हप्तामा १२७ जनामा संक्रमणको पुष्टि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
चेक बाउन्स आरोपमा काभ्रेका सत्यमान लामा पक्राउ, अदालतबाट २ वर्षको कैद सजाय भएको थियो
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार