बर्मेली नागरिकको जीवन रक्षाका लागि अभियान
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार २१:४२:४१
३० चैत,काठमाडौं । मानवअधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको बैठकले बर्मेली नागरिकको जीवन रक्षा एवं शान्ति र लोकतन्त्र बहालीका लागि ऐक्यबद्धतास्वरुप थालेको अभियानलाई तीव्रता दिने निर्णय गरेको छ ।
समाजको नुवाकोटमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको महासचिव रामकृष्ण बरालले जानकारी दिए । समाजले बर्मामा भइरहेको हत्या र दमनविरुद्ध नुवाकोटको सदरमुकाम विदुरमा प्रदर्शनसमेत गरेको छ । समाजको नुवाकोट शाखाले चैत २३ गतेदेखि शुरु गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विश्व शान्ति, मानव अधिकार र जलवायु परिवर्तनका विषयमा केन्द्रित रही छ वटा शैक्षिक प्रतिष्ठानमा सचेतना कार्यक्रम, साङ्केतिक रुपमा नगर तथा नदी सफाइ, शान्ति काव्य प्रवाह र दण्डहीनताविरुद्ध अन्तक्र्रिया कार्यक्रम गरेको उनले बताए ।
अन्तक्र्रियामा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, सचिव रामप्रसाद जोशी, नुवाकोट सभापति नारायण श्रेष्ठलगायतले शान्ति, लोकतन्त्र र न्यायपूर्ण सामाजिक व्यवस्थाका लागि निरन्तर अभियान चलाउने प्रतिबद्धता जनाए । समाज केन्द्रीय कार्यसमिति बैठकले सल्लाहकारमा समाजका पूर्व सभापति होमकान्त चौलागाईलाई नियुक्त गरेको छ भने पूर्व सभापति उत्तम पुडासैनी पदेन सल्लाहकार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाको अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
माडीका गाईमा ‘क्यू फिवर’ पुष्टि !
असोज १६, २०८१ बुधबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार