इन्टर्नको पैसा नदिएपछि कृषि तथा वन विज्ञान विश्वबिद्यालयमा अनियमितताको आशंका
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
चैत ३०, २०७७ मंगलबार १:३४:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/Agro-University-Chitwan_HwRVhdsLwB.jpg)
३० चैत, काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि तथा वन विज्ञान विश्वबिद्यालयद्वारा संचालित कृषि स्नातक तहको इन्टर्न कार्यक्रम २०७७–७८ सकिने बेला भइसकेपनि बिद्यार्थीहरुले सुको पैसा पनि पाउन सकेका छैनन् ।
विश्वविद्यालयमा बिद्यार्थीको लागि सम्बन्धित क्षेत्रमा जादाँ आउँदा दिइने खर्च, दैनिकी खर्च, अनुसन्धान खर्च गरेर करिब १९८ जना बिद्यार्थीको लागि PMAMP बाट अघिल्लो आर्थिक बर्षको कार्यक्रमलाई छुट्टाएको रकम आएतापनि कार्यक्रम समाप्त भएको छ महिना बितिसक्दा पनि पाउन सकेका छैनन् । विश्वबिद्यालय प्रशासनले कहिले कुन बाहना ,कहिले कुन बाहना गर्दै बिद्यार्थीहरुलाई झुलाइरहेको छ ।
कतै बिद्यार्थीहरुले पाउनुपर्ने प्रशासनले पैसा अन्तै लगानी गरेर काम गर्दै त छैन कुरामा धेरै बिद्यार्थीले आशंका व्यक्त गरेका छन् । बिद्यार्थी कै हकहितमा ,शैक्षिक सुधार, प्रतिभा प्रष्फुटन, प्रयोगात्मक अध्ययन जस्ता सिद्धान्त लिएर हिडेको विश्वबिद्यालय प्रशासनले सधैं बन्द, झैंझगडा र बिद्यार्थीको भविश्य माथि खेलवाड गर्दै आइरहेको छ । बिद्यार्थी जीवनमा सानो सानो रकमको पनि ज्यादै महत्त्व हुन्छ । एकजना बिद्यार्थीको भागमा करिब ३० देखि ५० हजारसम्म खर्च बुझ्न बाँकी रहेको बताइएको छ ।
बिद्यार्थीहरुले निरन्तर कुरा उठाईराख्दा प्रशासन बन्द, यताउता गर्दै अल्मलाइरहेको अवस्थाले पैसा खर्चको लिस्टसम्म निकाल्न बाध्य भयो तर पदाधिकारीहरु बीचको तालमेल, पदीय भागबण्डाले गर्दा बिद्यार्थीहरु त्यसको प्रत्यक्ष रुपमा पीडित बनेका छन ।
प्रत्येक सेमेस्टरमा उत्कृष्ट केही बिद्यार्थीलाई छात्रवृत्ति दिने नियम रहेको विश्वबिद्यालयमा पाचौं सेमेस्टरपछि कुनै रकम पाउन नसकेको बिद्यार्थीहरुले जानकारी दिएका छन् । उता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई बिद्यार्थीहरुले सोध्दा अघिल्लो पटक नै बजेट पूरा पठाएको कुरा गर्ने अनि विश्वबिद्यालय भने झुलाउने कुराले बिद्यार्थीहरु आक्रोशित बनेका छन।
झन लकडाउनको त्यस्तो अबस्थामा पनि धेरै बिद्यार्थी ट्याक्सी रिजर्भ गरि गरि सम्बन्धित क्षेत्रमा गएर अनुसन्धानमा निरन्तर काम गरेका थिए । पुर्ण लागत खर्च नदिएपनि मापदण्डले तोके अनुसारको न्युनतम रकम नदिदाँ र बाहना बनाउँदा विश्वबिद्यालयका पदाधिकारी र जिम्मेवारी व्यक्तिहरुप्रति आर्थिक अपारदर्शीता र अनियमितताको गन्ध आएको छ ।
बिद्यार्थीहरु भन्छन्, हामीले धेरैपटक भन्दा पनि वेवास्ता गरि हामी प्रति नै आरोप लगाइन्छ । सम्पुर्ण बिद्यार्थीको खर्च करिब ५० लाख भन्दा माथि रहेको हुँदा बिद्यार्थीहरुले पदाधिकारी प्रति आशंका गर्ने बाटो धेरै बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिविको वार्षिक क्यालेन्डर कार्यान्वयन गरिने, आवश्यक परे जनशक्ति थप्ने सहमति
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार