शैक्षिक सुधारमा योगदान पुर्याउने अभिभावकलाई सम्मान
नेपालबहस संवाददाता
चैत ३१, २०७७ मंगलबार १६:४०:३६
३१ चैत,काभ्रेपलाञ्चोक । सामुदायिक विद्यालयको शिक्षण–सिकाइ तथा अन्य क्रियाकलापको अनुगमन–भ्रमण गरी बालबालिकाको शैक्षिक सुधारका लागि विशेष योगदान पु¥याएवापत खानीखोला गाउँपालिकास्थित १४ विद्यालय ६५ अभिभावक तथा बेचानचोक गाउँपालिका–१ च्याम्राङबेँसीस्थित चार विद्यालका पाँच अभिभावकलाई सम्मान गरिएको छ । विद्यालयको शैक्षिक क्रियाकलाप, आफ्ना बालबालिकाको शिक्षा सुधार्ने उद्देश्यले समयसमयमा विद्यालयको निरन्तर अनुगमन–भ्रमण गर्नेमध्ये उत्कृष्ट अनुगमनकर्ता अभिभावकलाई सम्मान गरिएको नाङ्साल एशोसिएशन धुलिखेलले अध्यक्ष दिनेश लामाले बताए ।
अध्यक्ष लामाले आफ्ना बालबालिका अध्ययन गर्ने विद्यालयमा निरन्तर अनुगमन–भ्रमण, निरीक्षण गर्न थप प्रोत्साहनस्वरुप उत्कृष्ट अनुगमनकर्ता अभिभावकलाई सम्मान गरिएको बताए । “अभिभवाक सम्मानले विद्यालयमा गुणस्तरीय आधारभूत शिक्षा प्रवद्र्धन भएको पाएका छौँ, यसले शिक्षक नियमित विद्यालयमा उपस्थित हुनेलगायत अन्य क्रियाकलापमा ठूलो मद्दत गरेको छ”, लामाले भने । उनले संस्थाको गुणस्तरीय आधारभूत शिक्षा तथा बालअधिकार प्रवद्र्धन परियोजनाअन्तर्गत हालसम्म करीब २०० उत्कृष्ट अभिभावकलाई सम्मान गरिएको बताए ।
‘वी वल्र्ड’ नामक गैरसरकारी संस्थाको सहयोगमा एशोसिएशनले सो परियोजना जिल्लाको चार स्थानीय तहमा सञ्चालन गरेको छ । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद घिमिरेले विद्यालयको शैक्षिक सुधारका लागि अभिभावकको निरन्तर अनुगमन–भ्रमणले उल्लेख्य योगदान पुगेको बताए । वडाध्यक्ष सोमनाथ घिमिरेले बालबालिकाको शैक्षिक सुधारका विषयमा शिक्षक–अभिभावकको छलफल निकै महत्वपूर्ण हुने धारणा राखे ।
संस्थाले अभिभावक सम्मानसँगै चार स्थानीय तहका विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार उत्कृष्ट करिब ३१३ विद्यार्थीलाई शैक्षिक सामग्रीसहित छात्रवृत्ति प्रदान तथा स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक राजन पौडेलले बताए । संस्थाले हाल ६८ विद्यालयमा साबुनपानीले हात धुन खुट्टाले थिच्ने सुविधासहितको पानी ट्याङ्की, प्रत्येक विद्यालयलाई थर्मलगन तथा तीन हजार २५० विद्यार्थीलाई छ हजार ५०० धुन मिल्ने कटन मास्क तथा आवश्यक स्यानिटाइजर वितरण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाको अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
माडीका गाईमा ‘क्यू फिवर’ पुष्टि !
असोज १६, २०८१ बुधबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार