यूरोप–अमेरिकाभन्दा नर्भिक अस्पतालमा मुटु रोगको उपचार राम्रो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत ३१, २०७७ मंगलबार १७:३०:४
![](https://nepalbahas.prixacdn.net/media/albums/norvic-hospital-1_BBV7m2iJod.jpg)
३१ चैत, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल मुटुसँग सम्बन्धित अपरेशन नगरी गरिने शल्यचिकित्सा (क्याथ ल्याब सर्भिस) सेवामा अब्बल देखिएको छ ।
नर्भिकको कर्पोरेट कम्युनिकेसन तथा पीआर डिपार्टमेन्टले आन्तरिक रुपमा गरेको एक अध्ययनमा यस्तो देखिएको हो ।
क्याथल्याबमा मुटुको एन्जियोग्राफी र एन्जियोप्लाष्टीबाट उपचार गरिन्छ । क्याथल्याबमा हुने मृत्युदर विश्वका विकसित मुलुकका स्तरीय अस्पतालहरुमा बढिरहेको छ । तर, नर्भिकको क्याथल्याबको मृत्युदर भने ती देशको भन्दा पनि अब्बल देखिएको छ ।
क्याथल्याबको स्थापनादेखि हालसम्म नर्भिकको क्याथल्याबमा आएका बिरामीहरुको कुल संख्या र मृत्यु भएका मानिसहरुको संख्या हेर्दा समग्र मृत्युदर ०.१३ प्रतिशत मात्र रहेको देखिएको हो । यो भनेको निकै सन्तोषजनक अवस्था हो ।
चैत २५ गतेसम्म नर्भिकको क्याथल्याबमा कुल १८ हजार ५९८ बिरामीहरु उपचार प्रक्रियामा सहभागी भएका थिए । यसमध्ये ३ हजार ४७७ जनाले एन्जियोप्लाष्टी गरेका थिए भने ११ हजार ९४८ को एन्जियोग्राफी गरिएको थियो । यति ठूलो संख्याका बिरामी क्याथल्याबमा आएका भए पनि एन्जियोप्लाष्टी गरेका २६ जनाको मात्र मृत्यु भएको थियो । यसरी हेर्दा नर्भिकको क्याथ ल्याबको मृत्युदर ०.१३ प्रतिशत मात्र रहेको छ ।
नर्भिकको कार्डियोलोजी विभागका निर्देशक डा. यादवदेव भट्टका अनुसार विश्वमा क्याथल्याबको औसत मृत्युदर १ देखि २ प्रतिशत हुने गरेको छ । नेपालकै अन्य अस्पतालका क्याथल्याबमा आउने बिरामीहरुको मृत्युदर पनि १ प्रतिशतभन्दा बढी रहेको छ ।
यूरोपका अधिकांश अस्पतालहरुको क्याथल्याबको मृत्युदर (मोर्टालिटी रेट) १.५ प्रतिशत माथि रहेको छ भने भारतका अस्पतालहरुको क्याथल्याबको मृत्युदर पनि १ प्रतिशतभन्दा माथि नै छ । अमेरिकाका अस्पतालहरुमा पनि क्याथल्याबको मृत्युदर १ प्रतिशतभन्दा माथि नै छ ।
तर, विश्वका विकसित र सुविधासम्पन्न देशका अस्पतालहरुमा भन्दा नर्भिकको क्याथल्याबको सेवा स्तरीय देखिएको छ । डा. भट्टका अनुसार नर्भिकको क्याथल्याबमा काम गर्ने जनशक्ति अनुभवी भएका कारण र प्रविधि समेत आधुनिक भएर पनि मृत्युदर न्यून देखिएको हो । ‘हामीसँग राम्रो टिम छ, हामी राम्रोसँग काम गर्छौ ।’ डा. भट्टले भन्नुभयो–‘पछिल्ला केही वर्षहरुको डेटालाई हेर्ने हो भने त हाम्रो क्याथल्याबको मृत्युदर शून्य प्रतिशत छ ।’
डा. भट्टले कार्डियोलोजी विभागको नेतृत्व गरेदेखि चालु आर्थिक वर्षको चैत ३१ गतेसम्म एउटा पनि बिरामीले क्याथल्याबमा ज्यान गुमाएका छैनन् । क्याथल्याबमा २६ बिरामीको मृत्यु डा. भट्टले नेतृत्व सम्हाल्नु अगाडि भएको अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गमका स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
असार १३, २०८१ बिहिबार
‘निःशुल्क स्क्रिनिङ शिविर’ राखेर स्थानीय महिलाको पाठेघर र स्तन परीक्षण
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
असार १३, २०८१ बिहिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
एसईईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त
असार १३, २०८१ बिहिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
विपद् प्रभावितको घरमै पुगेर राहत
असार १३, २०८१ बिहिबार
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न छुट्टाछुट्टै समिति गठन
असार १३, २०८१ बिहिबार
मेलम्ची नदीमा महिलाको शव फेला
असार १३, २०८१ बिहिबार
सूचना मागेकै कारण सूचनाको हकका अभियन्ता दश दिनदेखि हिरासतमा !
असार १३, २०८१ बिहिबार
युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा
असार १३, २०८१ बिहिबार