भैँसी एक्कासी उफ्रिएपछि वृद्धाको मृत्यु
नेपालबहस संवाददाता
चैत ३१, २०७७ मंगलबार १९:४५:५८
३१ चैत, सप्तरी । सप्तरीमा एक्कासी भैँसी उफ्रिएपछि वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भैंसी बाँधेको डोरीमा अल्झिएर एकजना वृद्धाको मृत्यु भएको हो । ।
मृत्यु हुनेमा बलान बिहुल गाउँपालिका वडा-३ महुवा बस्ने ७० वर्षीया जयाबतीदेवी मण्डल रहेकी छिन् । उनी खेतमा भैंसी चराउन जाँदा एक्कासी भैँसी उफ्रिएपछि डोरी मण्डलको दाँया हातमा अल्झिएको थियो ।
सोही क्रममा भैंसीले घिसार्दा उनको टाउको, अनुहारसहित शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि सिरहाको लहान अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार