आगामी जेठ-असारमा दैनिक ११ हजार संक्रमित हुने : मन्त्री त्रिपाठी
नेपालबहस संवाददाता
चैत ३१, २०७७ मंगलबार २०:३२:२७
३१ चैत, काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि नेपाली जनजीवन फेरि संकटतर्फ धकेलिने सम्भावना सरकारले औंल्याएको छ । आज स्वास्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थमन्त्री हृदयेश त्रिपाठीले भने– नेपालका पनि अब संक्रमितको संख्या उच्च दरले बढ्ने संकेत मिलेको छ । यही दरले संक्रमण फैलने हो भने आगामी एक दुुई महिनामा दैनिक ११ हजारका दरले संक्रमण विस्तार हुने प्रक्षेपण गरिएको छ ।
जेठ र असारमा नेपालमा संक्रमणको उच्च विन्दूमा पुग्ने अनुमान गरिएको पनि मन्त्री त्रिपाठीले प्रष्ट्याए । सरकार सम्भावित संक्रमणबाट जोगिन तयार रहेको समेत उनले बताए । यसका लागि स्वास्थ मापदण्ड चाहिं सबैले अपनाउनै पर्छ ।
अहिले नयाँ भेरिएन्टको संक्रमण कलिला उमेरका मानिसमा समेत तीब्र ढंगले देखिएकाले त्यो चेन ब्रेक गर्नका लागि नै भएपनि हामीले विद्यालयको पठन पाठन कम्तिमा ३० दिन चाहिं रोक्नैपर्ने उनले बताए । यसबारे आगामी मन्त्रिपरिषद बैठकले निर्णय लिने जानकारी मन्त्री त्रिपाठीले दिए ।
विदेशबाट आएकाहरुलाई नाका नाकामा नै परीक्षण गरेर आवश्यकता अनुसार क्वारिण्टिन वा आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको पनि उनले बताए । भारतबाट आउनेहरुको मुख्य नाकामा कम्तिमा हजार जना राख्न मिल्ने होल्डिङ सेन्टर बनाउने तयारी तीब्र रुपमा भइरहेको जानकारी मन्त्री त्रिपाठीले दिए । यस्ता प्रयत्नले नै बन्दाबन्दी हुनबाट जोगाउने तरिका हो भन्दै उनले नत्र देश फेरि लकडाउनको स्थितिमा फस्न सक्ने चेतावनी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पोल चढ्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
दुई दिनमा ‘ह्रस्व दीर्घ’काे कमाई २ करोड
मंसिर ३, २०८१ सोमबार
नोक्सानीमा रह्यो जोशी हाइड्रोपावर
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
सडकको पहुँचले मलैबासीलाई सहज
मंसिर ३, २०८१ सोमबार
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
मंसिर ३, २०८१ सोमबार