नयाँ वर्ष २०७८ खुसियालीकाे आगमनसँगै नेप्से इतिहासकै उच्च बिन्दुमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत ३१, २०७७ बुधबार ०:४५:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/nepse-2077-12-31_7CgSY99zqe.jpg)
३१ चैत, काठमाडौं । नयाँ वर्ष २०७८ को पुर्वसन्ध्यामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) इतिहासको उच्च बिन्दुमा पुगेर बन्द भएको छ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा २७१४.७९ बिन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्से वृद्धि क्रम आज पनि जारी रहँदा नयाँ इतिहास कायम भएको हो ।
हिजो नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर २६९१.५५ मा पुगेर बन्द भएको थियो । आज खेलेदेखिनै उकालो लाग्न सुरु भएको बजारमा ११ बजेर १२ मिनेट जाँदा केही करेक्स देखिएको थियो । करिब १२ बजेर ४० मिनेटदेखि उकालो लयमा देखिएको बजार २३.२३ अंकले बढ्दै २७१४.७९ बिन्दुमा पुगेर २०७७ सालको अन्तिम दिनलाई बिदाइ गरेको छ ।
ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.९९ बिन्दुले बढेर ४८६.२८ मा पुगेको छ । कूल २०९ कम्पनीको एक करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयर रु सात अर्ब १४ करोड ३१ लाख ५१ हजार मा खरिद बिक्री भए ।
नेप्सेका अनुसार आजको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब ५८ अर्ब ९७ करोड ५७ लाख १० हजार बराबर पुगेको छ । यो हालसम्मकै उच्च हो । कारोवार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर भने ओरालो लागेको छ भने छ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४२.३६, व्यापार ६९.२९, विकास बैंक ९५.४२, जलविद्युत् ३१.६९, वित्त ३.६४ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले बढेको छ । यस्तै, होटल तथा पर्यटन ६५.२४, निर्जीवन बीमा ८८.९२, उत्पादन २१.५१, अन्य ७.५, लघुवित्त १४.४, जीवन बीमा ५१.२८ र लगानी ०.४६ बिन्दुले घटेको छ ।
कारोवारका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २८ करोड ६२ लाख ६० हजार ९११ बराबरको कारोवार भयो ।
यस्तै, नेपाल बैंक रु २८ करोड १६ हजार ५३ हजार २५६, एनआइसी एशिया बैंक रु २४ करोड ३५ लाख ७९ हजार ७९५, नेपाल पूर्वाधार बैंक रु २१ करोड १० लाख २६ हजार ५३, नेपाल बङ्गलादेश बैंक रु १८ करोड ३८ लाख ८५ हजार २०३, अपिपावर कम्पनी रु १७ करोड ३३ लाख ३७ हजार २२६, कुमारी बैंक रु १४ करोड ६० लाख १४ हजार १२३, माथिल्लो तामाकोशी रु १३ करोड ६७ लाख ८९ हजार ७३४, ग्लोबल आइएमई बैंक रु १३ करोड ६७ लाख ५८ हजार ८०१ र मेगा बैंक रु १२ करोड ९२ लाख २६ हजार ३८४ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।
कारोवारका आधारमा एनआइसी एशिया लघुवित्त ९.९७, माउण्टेन इनर्जी ९.८९, ज्योति लाइफ इन्स्योरेन्स ९.८३, सिन्धु विकास बैंक ९.८२, छ्याङ्दी हाइड्रोपावर ९.८०,महिला लघुवित्त ८.०६, लुम्बिनी विकास बैंक ६.३४, गुह्येश्वरी मर्चेन्ट बैंक ५.०२, अपि पावर कम्पनी ४.८८ र महालक्ष्मी विकास बैंका लगानीकर्ताले ४.७५ प्रतिशतले कमाएका छन् ।
यसैगरी, लक्ष्मी लघुवित्त ४.२७, ग्लोबल आइएमई बैंक ४.२७, एनआरएन इन्फ्रास्टकचर ३.५६, इन्फिनिटी लघुवित्त ३.४७, श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी ३.३८, गुराँस लघुवित्त ३.२६, युनिलिभर नेपाल ३.०७, नेशनल हाइड्रोपावर २.९२, आशा लघुवित्त २.८१ र चन्द्रागिरि हिल्सका लगानीकर्ताले २.६३ प्रतिशतले गुमाएका छन् । यस वर्षको अन्तिम दिनको कारोवार समग्रमा सुखद् रहेको छ ।
नव वर्षको दिन भोलि (बुधबार) सार्वजनिक बिदा भएकाले अर्को कारोवार भने नयाँ वर्षको दोस्रो दिन बिहीबार मात्रै हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से १४.८३ प्रतिशतले घटेर दुई हजार ३७.०९ को विन्दुमा कायम
असार १६, २०८१ आइतबार
कारोबारको अन्तिम दिन पनि नेप्से आठ दशमलव २४ अङ्कले घट्यो
असार १३, २०८१ बिहिबार
नेप्से दोहोरो अंकले घट्यो, चार अर्ब भन्दा बढीको कारोबार
असार १२, २०८१ बुधबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
ओलीलाई भेट्न पत्नी आरजुसहित देउवा किन पुगे बालकोट ?
असार १५, २०८१ शनिबार
मकालु वरुण निकुञ्जका कर्मचारी मृत भेटिए
असार १६, २०८१ आइतबार
नेप्से १४.८३ प्रतिशतले घटेर दुई हजार ३७.०९ को विन्दुमा कायम
असार १६, २०८१ आइतबार
पर्यावरण संरक्षणका लागि फोर एचद्वारा १०० युवा इको लिडर घोषणा
असार १६, २०८१ आइतबार
भ्रातृ संस्थाको तदर्थ समिति भंग गर्न देउवाले बुढानिलकण्ठमा बोलाए पदाधिकारी बैठक
असार १६, २०८१ आइतबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
प्रचारप्रसार र संरक्षण नहुँदा मायादेवी सुत्केरीपथ ओझेलमा
असार १६, २०८१ आइतबार