त्रिभुवन आदर्शका नयाँ विद्यार्थीहरुलाई स्ववियुले गर्यो स्वागत तथा सम्मान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत ३१, २०७७ बुधबार २:१०:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/student-union-_zo6zq11kZ5.jpg)
३१ चैत, स्याङ्जा । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले आज स्नातक तहका नवआगन्तुक विद्यार्थीहरुलाई एक कार्यक्रमका बिचमा स्वागत तथा सम्मान गरेको छ ।
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका मालेबगरमा रहेको क्याम्पसको हाताभित्र भएको उक्त कार्यक्रममा क्याम्पसमा स्नातक तह प्रथम वर्षमा भर्खरै पढ्दै गरेका नयाँ विद्यार्थीहरुलाई स्ववियुले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथमा स्वागत गरिएको जनाएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि नेपाल विद्यार्थी संघ स्याङ्जाका अध्यक्ष युवा नेता अजित क्षेत्रीले विद्यार्थीहरुका शैक्षिक गुणस्तरका मुद्दामा कसैसँग सम्झौता नगर्ने बताउँदै समयअनुसारका नयाँनयाँ कोर्सको पढाइ सञ्चालन गर्नेतर्फ क्याम्पस लाग्नुपर्ने सुझाव दिए ।
क्याम्पस प्रमुख बाबुकुमार सिग्देलले नयाँ वातावरणमा विद्यार्थीको पठनपाठन र प्रतिभा प्रस्फुटनलाई मुख्य आधार मानेर सिकाइ क्रियाकलाप सञ्चालन गरिएको र क्याम्पसले सिकाइमा प्रविधिको उच्चतम प्रयोगलाई प्राथमिकतामा राखेर काम गरिरहेको धारणा राखे । प्राध्यापक संघका सभापति शंकर लामिछानेले विभिन्न उतारचढावका साथमा क्याम्पस यहाँसम्म आउनु आफैमा महत्वपूर्ण भएको भन्दै आगामी दिनमा यसको शैक्षिक गुणस्तर अभिवृद्धिमा सबैले हातेमालो गर्नुपर्ने विचार व्यक्त गरे ।
पूर्व क्याम्पस प्रमुख अर्जुनबन्धु अर्यालले क्याम्पसलाई क्युएएमा लैजाने बाटोमा सबै मिलेर लाग्नुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य सोमनाथ लम्साल, नेपाल विद्यार्थी संघका क्षेत्रीय सभापति विज्ञान भण्डारी, उपसभापति सौजन गुरुङ, नेबिसंघका इकाइ अध्यक्ष गौरव प्रधान लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, साहित्यिक रचना र झाँकीसमेत प्रस्तुत गरेका थिए । स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सुनिल चापागाईँको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन सबिन रेग्मीले गरेका थिए भने स्वागत मन्तव्य गौरव प्रधानले गरेका थिए । कार्यक्रममा नेबिसंघ स्याङ्जाका अध्यक्ष अजित क्षेत्री लगायतले नवआगन्तुक विद्यार्थीहरुलाई टीका लगाई खादा ओडाएर सम्मान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरमा बोर्डिङ स्कुलको भवनमा आगलागी
असार ३, २०८१ सोमबार
गर्मीका कारण हेटौंडाका शैक्षिक संस्थाहरू बन्द, पटक-पटक बत्ती जाँदा जनजीवन प्रभावित
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
भिजिट भिसामा कडाइ, झुक्याएर जान खोज्नेलाई विमानस्थलबाट फर्काइँदै
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार