तपाईको २०७८ साल वैशाख महिनाको राशीफल
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार ११:२५:२३
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- मेष राशि भएका व्यक्तिहरुका लागी आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ । खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रजहरुसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । स्वास्थ्यमा विशेष गरी उक्त रक्तचाप,टाउँको दुखाई,आँखा तथा मौषमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेकोछ । पेट सम्वन्धी समस्या नआउला भन्न सकिन्न । तरपनि बुध र शुक्रको अनुकुल प्रभावले पराराष्ट्र तथा कुटनितिको क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । मायाप्रेममा मनमुटाव सिर्जना भएपनि अन्तत एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ । राज्यभावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी समय शुभ रहनेछ । कार्यकारी पद,उच्च पोष्ट तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- समय मिश्रित रहेकोले आँखा,हड्डी तथा मुटु सम्वन्धी पुराना बिरामी हरुले ख्याल गर्नुहोला । आफन्त,घर परिवार तथा साथिभाईसँग सैद्धान्तिक विषयमा मतभेद बढ्नेछ भने मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडी बडे फाईदा हुने देखिन्छ । खर्चालु यात्रा हुन सक्छ ध्यान दिनुहोला । कार्य क्षेत्रमा आलोचना सहितको जन समर्थन प्राप्त हुनेछ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी कठिनाई तथा असजिलो परिस्थितीको सामना गर्नु पर्ने योग रहेकोछ । तरपनि विदेशी भूमिमा बसेर गरिने लगानी तथा कामबाट मनग्गे आम्दानी हुनेछ । भाग्य भावमा गोचर गर्ने शनिले शिक्षा तथा कामको लागी लामो दुरिको विदेश यात्राको अवसर जुराउनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समग लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ । प्रयत्न गर्दा आम्दानी बढ्ने तथा लगानीका क्षेत्रहरु भेटिनेछन् । बंश वृद्धिको गतिलो योग रहेकोछ । विलाशी वस्तुको प्रयोग गर्न पाईने तथा भौतिक सम्पती हात लागी हुने योग रहेकोछ । तरल पदार्थ तथा सौन्दर्यको सामानको व्यापारमा उल्लेख्य सुधार आउनेछ । राज्य भावमा गोचर गर्ने शुभ बृहस्पतीले राज्यबाट मानसम्मान तथा पद प्राप्तीको गतिलो योग रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- बिद्यार्थी वर्गहरुले बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै नतिजा आफ्नो पक्षमा पार्न सक्नेछन् । राजनीतिकर्मी तथा समाजसेवामा समय लगानी गर्नेहरुले राज्यबाट लाभ तथा सम्मान पाउँने समय रहेको छ । नोकरीमा पदोन्नती तथा व्यापार व्यवसायमा बढोत्तरी हुने गतिलो सम्भावना रहेको छ । लामो समयदेखि थाती रहेका काम तथा मुद्दाहरु किनारा लाग्नेछन् । पैत्रिक धन तथा भौतिक सम्पती हात लागी हुने योग रहेको छ । बिपरित लिङग तथा साथी-संगतले फाईदा हुने तथा विलाशी सामान प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरेर प्रसस्त धन तथा सम्पती कमाउन सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई स्वादिष्ट भोजन गर्ने अवसर जुर्नेछ । महिनाको अन्ततिर खर्च बढेता पनि व्यापार व्यवसायमा समय दिनेहरुले प्रशस्त आम्दानी गर्न सक्नेछन् । भाग्य भावमा गोचर गर्ने बृहस्पतीको अनुकुल प्रभावले धर्म तथा आध्यात्मिकतामा मन जानेछ भने लामो दुरिको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । अष्टम भावमा शनिको गोचर शुभ रहने हुनाले लट्री तथा चिठ्ठा पर्ने अधिक सम्भावना रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- राज्यबाट आर्थिक लाभ तथा सम्मान पाईने हुँदा मन प्रशन्न रहनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा बिद्यार्थी बर्गहरुले आफ्नो प्रतिस्पर्धीहरुलाई हराउन अली वढी मिहेनत गर्नुपर्नेछ । प्रशासनीक तथा सरकारी क्षेत्रमा तपाईकै बर्चश्व रहनेछ । निर्णायक पदमा हुनुहुन्छ भने यो महिना गरिने निर्णयहरु समाजका पक्षमा हुनेछन् । योजनाहरु चुस्तरुपमा अगाडी बढ्नेछन् भने चुनौतिका पर्खालहरु आफै ढल्नेछन् । मायाप्रेममा कहिले नजिक त कहिले टाडा हुने अवस्था रहेपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । महिनाले अन्ततिर लाभ भावमा गोचर गर्ने बुध,शुक्र र अन्य ग्रहको अनुकुल प्रभावले व्यापार व्यवसायमा मनग्गे नाफा कमाउन सकिनेछ भने विलाशीताका सामानको व्यापारमा उल्लेख्य सुधार आउनेछ । यात्रा गर्दा ध्यान दिनुपरे पनि असजिलो अवस्था सिर्जना हुने छैन । गोचरमा बुधको प्रभाव राम्रो हुनाले लेखन कला तथा बाणिमा सुधार गर्दै उन्नतीका पाईला अगाडी बढाउन सकिनेछ । व्यापार भावमा गोचर गर्ने शनिको प्रभावले हार्डवयेर,निर्माण सामाग्री,अटोपार्टस र ईन्जिन सम्बन्धी सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा मान सम्मान पाईने योग रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । संघर्षका बावजुद,राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी राज्यबाट पद प्राप्तीको योग रहेको छ । सरकारी जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ भने प्रतिस्पर्धा भावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । ठुलाबढा तथा विशिष्ट व्यक्तिहरुको आशिर्वाद पाईने हुँदा मन प्रशन्न हुनेछ । भाग्यले साथ दिने हुनाले अध्यात्म तथा धर्मसँग सम्वन्धीत व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । गितकार,संगितकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । व्यापार भावमा बृहस्पतीको अनुकुल प्रभावले स्कुल,कलेज,बैक तथा बित्तिय क्षेत्रबाट मनग्गे धन तथा सम्पती आर्जन गर्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मायालुको साथ पाउनेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझावलाई बेवास्ता गर्दा दुःख पाईनेछ । स्थाई सम्पतीमा विवाद आउने योग रहेकोछ भने दिदि बहिनी तथा आफन्तसँग अनाबस्यक विवाद हुन सक्छ । राजनीति तथा समाजसेवामा तपाईको उपश्थिती कमजोर रहनेछ । सवारीसाधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । रोग भावमा बृहस्पतीको प्रतिकुल प्रभावले आँखा,हड्डी,मुटु तथा मेरुदण्ड सम्वन्धी रोगबाट पिढित भएकाहरुले भने सचेत हुनु जरुरी देखिन्छ । सन्तान भावमा शनिको प्रभाव रहने हुनाले छोराछोरी वा आफन्तसँग मनमुटाब बढ्नेछ । तापनि बुध,शुक्र तथा अरु ग्रहको अनुकुल प्रभावले व्यापार व्यवसाय फस्टाएर जानेछ । मेहनेत गर्दा पढाईलेखाईमा उत्कृष्ट नतिजा तपाईको हातमा पर्नेछ । नसोचेको धन तथा भौतिक सम्पती प्राप्त हुनेछ । पत्रकार,उद्योगी व्यापारी,खोज तथा अनुशन्धानको क्षेत्रमा काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । महिलाहरुले फेन्सि तथा कस्मेटिक व्यवसायमा लगानी गर्दा आम्दानीमा बढोत्तरी हुने योग रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- व्यापार भावमा गोचर गर्ने सूर्यले राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । शुख भावमा शनिको गोचर रहने हुनाले आर्थिक रुपमा सम्पन्न हुने भएपनि मनमा अशान्ती वा बेचैन आउनेछ । घर परिवार तथा जीवनसाथिसँग राय बाजिनेछ । ट्राभल तथा पर्यटनका क्षेत्रमा गरिएको लागानीबाट न्यून आम्दानी हुनेछ । तरपनि अन्य ग्रहको अनुकुल प्रभाव रहने हुनाले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाईलेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिनेछ । विभिन्न अवसरहरुको सही तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलव्धी हात पर्नेछन् । बौद्धिकताको उपयोग गरी आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुन्दर तथा विलाशी पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । राजनीति,व्यापारी,पत्रकार,विद्यार्थी र मेडिकलको क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ । थोरै स्रोतसाधनको प्रयोगबाट असिमित आवश्यक पुरा गर्न सकिने हुनाले मन प्रशन्न रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- बृश्चिक राशि भएकाहरुका लागी यो महिना उत्तम रहेकोछ । अदातल तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तीको योग रहेको छ । पढाईलेखाईमा अरुलाई पछाडी छोड्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । छैटौ भावमा महिनाभर नै गोचर गर्ने सूर्यले शाहशी काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरु पनि सहयोगी बन्नेछन् । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यवसाय थालनी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । थाती रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ भने छुट्टिएका प्रेम सम्बन्धहरु पुनर्मिलन हुने प्रशस्त सम्भावना रहेकोछ । नयाँ कार्ययोजना बनाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनीतिकर्मी,समाजसेवी,पत्रकार,खेलाडी,बिद्यार्थी तथा मेडीकल क्षेत्रसँग सम्वन्धीत व्यक्तिहरुका लागी समय उत्तम रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । समयमा काम नसकिने तथा बौद्धिक व्यत्तित्वसँग सैद्धान्तिक राय बाजिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाईलेखाईमा अरु भन्दा पछी परिनेछ । तापनि बुध,शुक्र तथा अन्य ग्रहको अनुकुल प्रभावले राननीति तथा समाजसेवमा जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तीको गतिलो योग बनेकोछ । लेखन,कला तथा सहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी समयले साथ दिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भूमि तथा पैत्रिक धन प्रयोग गरी मनग्गे धन सम्पती कमाउन सकिनेछ । शनिको साढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले स्वास्थ्यमा पेट तथा श्वास प्रश्वास सम्वन्धी पुराना बिरामीहरुले बिषेश ध्यान दिनु जरुरी छ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- शुख भावमा महिनाभर सूर्यको प्रभावले छाती सम्वन्धी तथा श्वास प्रश्वास र मुटु सम्वन्धी समस्या आउन सक्छ ध्यान दिनुहोेला । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । राजनीतिकर्मि,समाजसेवी तथा घर जग्गाको व्यापारीहरुका लागी समय मध्ययम रहेकोछ । आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । शनिको मध्य साढेसातीको प्रभाव रहने हुनाले भौतिक सम्पती तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । तर चिनामा शनि बलवान हुनेहरुका लागी समय फलदायी नै रहनेछ । बुध,शुक्र तथा मंगलको प्रभाव भने अनुकुल रहने हुनाले राज्य संयन्त्रको नजिक जस्तै निजामती,फौजि तथा सस्थानमा र प्राईबेट कम्पनीहरुका काम गर्नेहरका लागी समयले साथ दिनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुले मनग्गे धन सम्पती जोड्न सक्नेछन । उपहार तथा चिठ्ठा प्राप्तीको गतिलो योग रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- कुम्भ राशि भएका व्याक्तिहरुका लागी यो महिना समय उत्तम रहेको छ । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मि तथा कुटनीतिको क्षेत्रम काम गर्नेहरुका लागी समय उत्तम रहेको छ । खेलाडी तथा पराक्रमी क्रिर्याकलापमा समय लगानी गर्नेहरुले प्रशस्त धन तथा सम्पती संग्रह गर्नेछन् । वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराएर अगाडी बढ्न सकिनेछ । अन्धविश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखनकलाले महत्वपूर्ण भमिका निर्बाह गर्नेछ । मायाप्रेमका सम्वन्धहरु विवाहमा परिणत गर्ने सहमती जुट्नेछ । तरपनि शनिको आद्य साढेसातीको प्रभाव रहने हुनाले सवारीसाधनमा यात्रा गर्दा ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- धन-भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले टाउँको,आँखा तथा पेट सम्वन्धी समस्याले नसताउला भन्न सकिन्न । होटल तथा रेष्टुरेन्टको क्षेत्रबाट भनेजस्तो नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । आउने अवसरहरुलाई क्याच गर्न नसस्दा उपलव्धी हातबाट फुत्किनेछ । धन-सम्पती हराउने,लुटिने तथा स्थाई सम्पतीमा विवाद हुन सक्छ ध्यान दिनुहोला । खर्च भावमा गोचर गर्ने बृहस्तीको प्रतिकुल प्रभावले यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर नहोला भन्न सकिन्न । आफन्त वा अग्रजहरुसँग मनमुटाब बढ्ने योग रहेको छ । तरपनि बुध,शुक्र र शनि ग्रहको अनुकुल प्रभावले साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखारता आउने तथा बिशेष उपलव्धी हासिल हुनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्याधिस,अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरुका लागी समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारीसाधनको कारोबार फस्टाएर जानेछ । राहु र केतुको पनि शुभ प्रभाव रहने हुनाले अचानक धन सम्पतीमा बृद्धि हुनेछ । तपाईको महिना दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्ताे छ २०७९ साल जेठ महिनाको तपाईको राशीफल ?
जेठ १, २०७९ आइतबार
कस्ताे छ, तपाईकाे २०७८ साल भदौ महीनाको राशीफल ?
भदौ १, २०७८ मंगलबार
तपाईको २०७८ साल साउन महीनाको राशीफल
साउन १, २०७८ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार