नयाँ वर्ष आरम्भसँगै सुदूरमा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार १३:३:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/bisu_GMoDFTUmTP.jpg)
१ वैशाख, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिस’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउन व्यस्तता बढेको छ ।
बिसु पर्व मनाउन विवाहिता छोरीरचेलीमा आ–आफ्नो माइतीघर जाने चटारो पनि देखिएको छ । यसैगरी नोकरीको सिलसिलामा भारतमा रहेका नेपालीहरु केही समयका लागि भए पनि यो पर्व मनाउन जन्मघर फर्किइरहेका छन् । पछिल्ला हप्तामा भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दा भने स्वदेश फर्किनेहरुको यात्रा त्यति सहज हुन सकिरहेको छैन ।
धनगढीको ट्रफिक चोकमा भेटिनु भएका डोटीका डिल्लीराज जोशीले वर्षमा एक पटक आउने बिसु पर्व मनाउन केही दिनको विदा मागेर घर फर्किएको बताए । “कोरोना भाइरस सङ्क्रमणको समस्याले यात्रा केही असहज भयो, संक्रमणको अवस्था कस्तो हुन्छ, फर्किन सकिने अवस्था भए केही दिनको बसाइपछि पुनः भारत फर्किने सोचमा छु”, उनले भने ।
कोरोना सङ्क्रमणको समस्याका बीच बिसु पर्व मनाउन कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका सीमा नाका हुँदै स्वदेश भित्रिनेहरु बढ्दै गएका छन् ।
यो पर्वमा देवर–भाउजू, साली–भिनाजु, नन्द–भाउजू, जेठानी–देवरानीबीच एक आपसमा सिस्नु पानी छ्यापेर ठट्टा रमाइलो गर्ने गरेको विषयलाई आकर्षक पक्षका रूपमा लिइन्छ । “यो पर्वमा आपसमा सिस्नुपानी छ्यापेर रमाइलो ठट्टा गर्ने चलन हो”, स्थानीयवासी भोजराज बडूले भने, “तराईमा सिस्नु नपाउँदा भने सिस्नुपानी छ्यापेर रमाइलो गर्न पाउने अवस्था भने छैन ।”
तराईका जिल्लाभन्दा पहाडका जिल्लामा यो पर्वको रौनक बढी देखिन्छ । सिस्नु पानी छ्याप्दा शरीरमा रहेका छालासम्बन्धी रोग निको हुने जनविश्वास छ । हरेक घरमा दहीमा चामल भिजाएर बनाइएको ‘दहीचामल’ आपसमा बाँडेर खाने चलनसमेत छ ।
यो पर्व मनाउने तयारीस्वरूप पहाडी गाउँबस्तीका घरपरिवारले आ–आफ्नो घरलाई रातो र कमेरो माटोले लिपपोत गरेर चिटिक्क पारेका छन् । घर लिपपोत गर्न नसक्नेको घरको लिपपोतको काम छिमेकी महिलाको सहयोगमा गर्ने गरिन्छ । लिपपोत गर्ने कामको नेतृत्व महिलाले गर्ने गर्छन् ।
यो पर्व किन मनाइन्छ भन्नेमा विभिन्न भनाइ छन् । स्थानीय शिक्षक लेखराज ओझा विक्रम सम्वत् शुरु भएको दिन भएकोले नयाँ वर्षको पहिलो दिन वैशाख १ गते ‘बिसु’ पर्व मनाउने चलन शुरु भएको बताउछन् । “गहुँ र दलहन जस्ता हिँउदे बाली भित्र्याएपछि पहिलो पटक घरमा नयाँ अन्नको ‘नौकोलो’ अर्थात् न्वागी पकाएर खाने चलन पनि रहेको छ”, ओझाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय, संकटमा परे मुख्यमन्त्री सोडारी
असार २०, २०८१ बिहिबार
महाकाली नदीमा बगेर मजदुर बेपत्ता
असार १६, २०८१ आइतबार
भागबण्डा मिलाउन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले फुटाए ४ मन्त्रालय
असार १६, २०८१ आइतबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार